
काठमाडौं,१५ पुस । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ ।
बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिशनले आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो ।त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि जानकारी गराइएको छ ।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विश्वविद्यालय स्थापनाका लागि आफूले पूरै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पु¥याउने विश्वास पनि व्यक्त गर्नु भयो ।
अध्यक्ष दाहालले नेपाल हिन्दु विश्वविद्यालयको स्थापनाले नेपालको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य योगदान पु¥याउने पनि स्पष्ट पार्नु भयो ।
अध्यक्ष दाहालले बनारस हिन्दु विश्वविद्यालयलाई नेपालको शैक्षिक, राजनीतिक क्षेत्रमा ठूलो जागरण ल्याउने सम्मानित विश्वविद्यालयको रुपमा पनि चित्रण गर्नु भयो ।
उहाँले बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीय नेपाल–भारतको मात्रै नभई विश्वकै परिचित विद्धानको रुपमा रहेको उल्लेख गर्दै उहाँको योगदानलाई नेपालले कहिल्यै बिर्सन नसक्ने पनि बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्