
बुटवल ,१६ मङसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै आइतवार बुटवलमा विरोध प्रदर्शन भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र उस्को भातृ संगठन अखिल क्रान्तिकारीले निर्मला पन्तको न्यायका लागि भन्दै जनप्रदर्शन गरेको हो ।
प्रहरीको कडा सुरक्षाबीच राजमार्ग चौराहाबाट शुरू भएको विरोध प्रदर्शन मिलनचोक, बसपार्क हुँदै पुष्पलालपार्क पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा कलेज पोशाकमा विद्यार्थी, गाउँगाउँबाट आएका पार्टीका नेता कार्यक्रता थिए ।

हत्या, हिंसा, बलात्कार अन्त्य गर, विचार अभिव्यक्ति स्वतन्त्रको ग्यारेन्टी गर, मानव अधिकारको ग्यारेन्टी गर भन्दै नारासहितका प्लेकार्डसहित नारा नाराबाजी गरेका थिए ।
प्रदर्शनमा सयौको संख्यामा पार्टी कार्यकर्ता सहभागी थिए । नेकपा रुपन्देहीले पन्तका बलात्कारी र हत्यारालाई कारवाही नगरे पार्टी अझै कडा संघर्षका कार्यक्रम साथ अगाडि बढ्ने बताएको छ ।
गएको साउन २० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो । सरकारले अहिलेसम्म पनि उनको हत्यारालाई पक्राउ गर्न सकेको छैन । पन्तको न्यायको लागि पटक–पटक आन्दोलन र सघंर्षका कार्यक्रम भएपनि त्यसको सरकारले सुनुवाइ गरेको छैन ।



















प्रतिक्रिया दिनुहोस्