
काठमाडौं,१६ मङ्सिर । बलात्कापछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा हटाइएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवदेन दिएका छन् ।
हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएको बताइएको छ । ‘गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका हुन । एसपी विष्ट र भट्ट दुवैले आफूहरुमाथि अन्याय भएको बताउँदै आएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए। गृह मन्त्रालयले कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो ।
आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।
पन्तको न्यायको माग गर्दै भएको आन्दोलनमा एक जनाको प्रहरीको गोली लागेर मृत्यु समेत भएको थियो। तर पन्तको हत्यारा भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।



















प्रतिक्रिया दिनुहोस्