
लमही, १६ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश नं– ५ का सचिव जगप्रसाद शर्माले मङ्सिर महीनाभित्र प्रदेशका तल्ला कमिटिको एकता टुङ्गिने बताउनुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का रणबहादुर वलीको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले प्रदेशमा नेकपाको एकताका लागि अहिले कसरत जारी रहेकोले यही मङ्सिरभित्र सबै टुङ्ग्याइने जानकारी गराउनुभयो ।
प्रदेशमा दाङबाट २५ जना
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं– ५ को प्रदेश सदस्यमा दाङबाट २५ जना परेका छन् । पूर्व एमालेका तर्फबाट १६ र पूर्व माओवादी (केन्द्र)का तर्फबाट नौजना प्रदेशमा पर्नु भएको छ ।
उहाँका अनुसार पूर्व एमालेबाट जोगबहादुर राणा, रेवतीरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, सरस्वती गौतम, शारदा स्वर्णकार, टीकाराम खड्का, गिरिराज केसी, मेनका पोख्रेल, लक्ष्मण आचार्य, शिवकुमार आचार्य, सीता न्यौपाने, जीतेन्द्रमान नेपाली, तुलसा केसी, कोमल वली र गङ्गा चौधरी रहनुभएको छ ।
त्यस्तै पूर्वमा माओवादी केन्द्रबाट लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमकुमारी बाँठा मगर, भीमबहादुर वली, रामजी चौधरी, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामबहादुर दहित र लीला शर्मा रहनुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्