ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनचाहनानुसार काम गर्दा स्थानीय तहमा विकास हुने


admin

 

ललितपुर, १३ मङ्सिर ।  जनप्रतिनिधि, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले जनचाहनाअनुसार काम गर्दा स्थानीय तहमा विकास निर्माणका काम अघि बढ्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरले आज लगनखेलमा आयोजना गरेको ‘विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबीच सहकार्यका असर र चुनौती’ विषयको अन्तक्र्रियामा उनीहरुले जनसहभागितामा जोड दिएका हुन् ।

महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले सार्वजनिक सुनुवाइ र सरोकारवालासँगको छलफलका आधारमा आफूले कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । नगरवासीले खानेपानी र सडक निर्माण चाँडो होस् भन्ने चाहेका छन् । उहाँले भन्नुभयो, “हामीले यिनै क्षेत्रमा कामलाई तीव्रता दिएका छौँ ।”

कोञ्जेसोम गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाले गाउँपालिकाले स्थानीयवासीको आर्थिकस्तर उकास्नका लागि गुरुयोजना निर्माणमा लागेको बताउनुभयो । जिल्लाका छ तहमध्ये यस गाउँपालिकामा निजी आवास निर्माण तीव्र छ ।

उहाँले भन्नुभयो, “हामीले वडाका प्रतिनिधिलाई खटाएर जनताका पुनःनिर्माणका क्रममा आएका समस्या समाधान गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले वडावडामा टोल सुधार समितिसँग सल्लाह गरेरै योजना बनाइएको बताउनुभयो ।

वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले जनप्रतिनिधि मात्रै नभएर त्यस ठाउँको विकास सबैको सरोकार हुनुपर्नेमा जोड दिनुभयो । कोञ्जेसोम गाउँपालिाका प्रवक्ता सुमेन्द्र तामाङले पहिले एउटा सिफारिशका लागिसमेत सचिव खोज्दै लगनखेल आउनुपर्नेमा अहिले जनप्रतिनिधि गाउँमा बसेर काम गरिरहेको बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले राजधानीको जिल्ला भएकाले ललितपुरमा धेरै परियोजना नआएको बताउनुभयो । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपक विष्टले स्थानीय निकायले एउटै कामका लागि धेरै वर्षसम्म बजेट विनियोजन गरेर कार्यकर्ता पालेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com