
काठमाडौं,१० मङसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको बुवाआमालाई भेट गरी एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन ।
संयोजक भट्टराईले सोमबार शिक्षण अस्पतालमा पुगेर नयाँ शक्ति पार्टीका समर्थक अष्ट्रेलियामा रहेका अनिल पाण्डे र सविता भट्टराईले पठाएको एक लाख रुपैयाँ पन्तका बुवाको उपचारको लागी हस्तान्तरण गरेका हुन ।
भट्टराईले निर्मला सबैको छोरी भएको भन्दै न्यायको लडाईमा आफ्नो साथ रहने प्रतिबद्धता समेत गरेका छन । पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार काठमाडौं ल्याइएको थियो ।



















प्रतिक्रिया दिनुहोस्