
काठमाडौं, ९ मङसिर । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दलित मुक्तिसँग सम्बन्धित कानुन तत्काल निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।
सभामुख महराले संवैधानिक व्यवस्था अनुसार दलित मुक्तिसँग सम्बन्धित सबै कानुन निर्माणका लागि आवश्यक विधेयक संसदमा पेश गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘दलित नेतृत्व, संघर्ष र सफलता’ नामक पुस्तकको बिमोचन गर्दै उहाँले दलित मुक्तिसँग सम्बन्धित सबै कानुन ल्याउन सरकार र संघीय संसदलाई दवाव दिन पनि दलित अधिकारकर्मीहरुलाई आग्रह गर्नु भयो ।
दलितहरुको मुक्ति आन्दोलन पूर्ण नभएको उल्लेख गर्दै सभामुख महराले त्यसका लागि संघर्ष जारी राख्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराउनु भयो । सभामुख महराले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण भए-नभएको कडा निरागानी राख्न पनि सम्बन्धित निकायका विज्ञहरुलाई सुझाव दिनु भयो ।



















प्रतिक्रिया दिनुहोस्