
भीमदत्तनगर, ८ मंसिर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको बुवाको गोजिमा विषको गोली भेटिएको छ ।
न्याय माग्न अनसनस्थलमा बस्दै आएका उनको मानसिक सन्तुलन गुमाएसँगै गोजीमा सल्फास नामक औषधीको गोली भेटिएको हो । यो घातक विषादी हो । चिकित्सकको प्रेस्किप्सन बिना यो किन्न पाईंदैन ।
मनसिकरुपमा सन्तुलित नभएका उनले कहाँबाट सल्फास ल्याए भन्ने कुरा खुल्न सकेको छैन । निर्मला पन्तका बुवाको गोजीमा विषादीकारुपमा प्रयोग गरिने सल्फासलाई किरा लाग्नबाट जोगाउन गहुँलगायतका अन्न भण्डारको बेला प्रयोग गरिन्छ ।
‘उनी आफै सल्फास किनेर ल्याउन सक्दैनन् ।’ श्रोतले भन्यो, ‘सल्फास जसले पायो त्यसले किन्न पनि सक्दैन । तर उनको गोजीमा भेटिएपछि यसले डरलाग्दो संकेत गरेको छ ।’
रात्रीकालिन समयमा समेत अनसन सुरु भएपछि उनले मानसिक सन्तुलन गुमाएका हुन् । निर्मला पन्तकी आमाका अनुसार, राती अनसन बस्न थालेपछि उनी आफ्नै सुरमा बोल्ने, हिँडने गर्न थालेका छन् ।



















प्रतिक्रिया दिनुहोस्