
काठमाडौं, ४ मंसिर । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको लालबन्दी– ३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार रहेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए ।
उनीहरु सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको वोगटीले बताए ।
भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्