
पोखरा, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ पोखरा प्रिमियर लिगको फाइनल खेल हेर्न पोखरा रङ्गशाला पुगेका छन् ।
पोखरा पल्टन र चितवन राइनोजबीच भैरहेको उक्त फाइनल खेल हेर्न मंगलवार दोस्रो इनिंग चलिरहँदा प्रचण्ड रङ्गशाला पुगेका हुन् ।
यसैबीच पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ६१ रनको लक्ष्य दिएको छ।



















प्रतिक्रिया दिनुहोस्