
काठमाडौं १६ कात्तिक । सरकारले सडकको खाल्डो दुई महिना भित्र पुरी सक्न मातहतका निकायलाई पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज सम्बन्धित निकायसँग कामको समिक्षा गरी काठमाडौका सडकको खाल्डो २ महिना भित्र पुरी सक्न निर्देशन दिएको हो ।
काठमाडौंको सडकको खाल्डाखुल्डी २ महिना भित्र पुरी सक्न मातहतका सबै निकायलाई पुनः निर्देशन दिइएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
बैठकले सडकको उचित व्यवस्थापनका लागि काम भए÷नभएको अनुगमन गरी तत्काल निर्देशन दिन समन्वयात्मक संयन्त्र बनाउने निर्णय गरेको छ । सम्बन्धित मन्त्रालयका अधिकारीहरु रहने संयन्त्रले कामको अनुगमन गरी आवश्यक्ता अनुसार तत्काल निर्देशन दिने प्रमुख राजनीतिक सल्लाहकार रिमालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले काठमाडौंको खाल्डाखुल्डी पुर्ने काम पूरा नभएसम्म त्यसको अनुगमन र निर्देशनको कामलाई जारी राख्ने स्पष्ट पारेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले काठमाडौंको सडक व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सबै खालका प्रयास जारी राख्ने बताउनुभयो ।
गत चैत्र ४ गते बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बैठकले काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएको थियो । आजको बैठकमा त्यसयताको कामको समिक्षा गरिएको छ । कार्यलयले यो भन्दा पहिले दिएको निर्देशन निर्देशनमा मात्रै सिमित रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्