ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मातृभाषामा शिक्षा दिने व्यवस्था कार्यान्वयन गराउन जनदवाव आवश्यक – अध्यक्ष श्रेष्ठ


admin
कार्तिक १६, २०७५ शुक्रबार  १२ : ३८ बजे

काठमाडौं,१६ कात्तिक । सङ्घीय समाजवादी फोरम, नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालभाषा एकेडेमीद्वारा ललितपुरमा आयोजित दान्यहिरा पुरस्कार वितरण समारोहमा प्रतिनिधिसभाबाट पारित भइसकेको मातृभाषामा शिक्षा दिने व्यवस्थासहितको अनिवार्य तथा निशूल्क शिक्षा सम्बन्धी कानुनलाई व्यवहारमा उतार्न जनता चनाखो हुनुपर्ने बताउँदै त्यसका लागि जनदवाव आवश्यक भएको बताएका छन् ।

उनले अब सरकारी तहमै मातृभाषामा स्कूल सञ्चालन गराउन तथा पाठ्यक्रम बनाउन पहल गर्नुपर्ने बताए । नेपालमा बजेट अभावको बहाना बनाएर यसको कार्यान्वयनमा ढिलासुस्ती हुन सक्ने बताउँदै उनले नेपालका कम्युनिष्ट पार्टीहरू पुस्पलालले देखाएको मातृभाषामा शिक्षा तथा सरकारी कामकाज, समानुपातिक समावेशीकरण, जातीय आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तताको बाटोबाट विचलित भएकाले कम्युनिष्ट पार्टी सत्तारुढ हुँदा पनि सरकारले मातृभाषामा शिक्षा दिने गरी विधेयक नल्याएको हुँदा सदनमा संशोधन प्रस्ताव राख्नु परेको बताए ।

स्मरणीय छ, सांसद श्रेष्ठले मातृभाषाको माध्यमबाट शिक्षा दिनुपर्छ र त्यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ भन्ने मुख्य बुँदा सहित ५ बुँदे संशोधन प्रस्ताव दर्ता गरी सांसदहरूबिच ब्यापक लविङ गरेका थिए ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले देशैभरिका सुकुम्बासी तथा आवासविहिन नागरिकलाई आवासको व्यवस्था गर्छु भन्ने सरकारले आवासको अधिकार सम्बन्धी विधेयकमा विकासको नाममा बिनामुआब्जा र क्षतिपूर्ति जनतालाई निजको आवासबाट हटाउन सक्ने व्यवस्था गरी जनतामाथि हुकुमी शासन लाड्न खोजेको र यहाँका स्थानीय समुदायलाई सुकुम्बासी बनाउन खोजेको बताउँदै आफूले त्यसमा संशोधन प्रस्ताव दर्ता गरी संवैधानिक सर्वोच्चता र कानुनी राजको लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा विधेयक संशोधन गराउन सफलता मिलेको बताए ।

सांसद श्रेष्ठले दान्यहिरा पुरस्कार प्राप्त गर्ने व्यक्तित्व प्रा। माणिकलाल श्रेष्ठ आफ्नो प्रेरक व्यक्तित्व भएको बताउँदै उनको बाम आन्दोलन तथा नेपालभाषा आन्दोलनमा ठूलो योगदान रहेको बताउँदै केन्द्रमा साझा शासन र प्रदेशमा स्वशासनको व्यवस्था हुने गरी सङ्घीयता कार्यान्वयन गराउन आफू सङ्घर्षरत रहने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका भाइस चान्सलर तथा दान्यहिरा पुरस्कारका संस्थापक यज्ञरत्न धाख्वाःले मातृभाषामा शिक्षासम्बन्धी विधेयक पारित गराउन श्रेष्ठले संसदमा खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै धन्यवाद दिए ।

एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रा माणिकलाल श्रेष्ठलाई दान्यहिरा पुरस्कार, मुनीवहादुर शाक्यलाई दान्यहिरा विज्ञान प्रविधि पुरस्कार, नजरराम महर्जनलाई दान्यहिरा पत्रकारिता पुरस्कार तथा सुरजवीर बज्राचार्यलाई दान्यहिरा संगीत पुरस्कार हस्तान्तरण गरेका थिए ।

शताब्दी पुरुष जोशीले उक्त कार्यक्रममा नेपालभाषा क्षेत्रको अति प्रतिस्ठित पुरस्कार प्राप्त गरेका सबैलाई वधाइ ज्ञापन गर्दै आगामी दिनमा उहाँहरूबाट अझ धेरै योगदान गर्ने विश्वास व्यक्त गरे ।

एकेडेमीका सदस्य सचिव तथा नेवाः अगुवा मल्ल के सुन्दरले स्वागत मन्तब्य दिएको उक्त कार्यक्रममा पुरस्कार निर्धारण समितिका सदस्य तथा एकेडेमीका कोषाध्यक्ष डा.पुष्पराज राजकर्णिकारले पुस्कार प्राप्त गरेका व्यक्तित्वहरूको परिचय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

आज मध्यरातिदेखि सुरु हुँदै मौन अवधि, के–के गर्न पाइँदैन ?

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com