ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्यायाधिवक्ताकाे आग्रह


admin
कार्तिक १५, २०७५ बिहीबार  २ : २६ बजे

नुवाकोट, १५ कात्तिक । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ ।

विदुरमा आज जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने राजनीतिकलगायत अन्य हस्तक्षेपतर्फ सङ्केत गर्दै स्वच्छरुपमा न्यायसम्पादनका लागि जिल्लाका सबै सरोकारवाहरुको साथ चाहिने बताउनुभयो ।

“न्याय सम्पादनका लागि सबैले उपयुक्त वातावरण बनाउन सहयोग गर्नुहोला, सहयोग गर्न सक्नु भएन भने पनि हस्तक्षेप चाहिँ नगर्नु होला”, महान्यायाधिवक्ता खरेलले भन्नुभयो, “न्याय सम्पादनका क्रममा कोही पक्राउ पनि पर्न सक्छन्, त्यो न्यायिक प्रक्रियामार्फत हुन्छ । धेरै दौडधुप नगर्नु होला । दौडधुपले केही हुन्न । न्याय सम्पादन आफ्नै ढङ्गले हुन्छ ।”

महान्यायाधिवक्ता खरेलले नयाँ भवन निर्माणपछि न्याय सम्पादन सहज हुने बताउनुभयो । “भवन जत्तिकै आन्तरिक क्रियाकलाप पनि स्वच्छ भए मात्र न्याय सम्पादन छरितो हुन्छ”, उहाँले भन्नुभयो ।

मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने उपाध्यायले न्यायको पहुँचभन्दा बाहिर रहेकालाई न्यायिक पहुँचमा प्रवेश गराई न्याय सम्पादन गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो ।

सांसद नारायणप्रसाद खतिवडाले जिल्लाका न्यायिक निकायहरुबाट स्वच्छ र निपष्क्ष न्याय सम्पादनको अपेक्षा गरेको बताउनुभयो । सांसद हितबहादुर तामाङले न्यायसम्पादनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

वैशाख १२ को भूकम्पले सरकारी वकिलको कार्यालय भत्काएपछि रु दुई करोड ३६ लाख ९५ लाख ६६१ मा साँढे दुईतले भवन निर्माण भएको जिल्ला न्यायाधिवक्ता बिमल थापाले जानकारी दिनुभयो ।

भवन भूकम्पले भत्काएपछि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । अब आवश्यक फर्निचरको व्यवस्थापनपछि नयाँ भवनबाट सेवा आरम्भ गरिने न्यायाधिवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

निर्वाचनको अन्तिम तयारीमा विवाद र दुःखद घटनाहरू: वीरगंजमा धार्मिक द्वन्द्व उक्साउने प्रयास, उम्मेदवारहरू पक्राउ

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com