
काठमाडौं,१५ असोज । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धि अराजकता फैंल्याउनेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गर्नु भयो ।
सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिनु भयो ।
उहाँले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने पनि स्पष्ट पार्नु भयो ।कार्यबहाक प्रधानमन्त्री पोखरेलले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गर्नु भएको थियो ।
उहाँले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको पनि स्पष्ट पार्नु भयो । महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ ।



















प्रतिक्रिया दिनुहोस्