ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसद्वारा निर्मला हत्याको विरोधमा प्रतिनिधिसभा बैठक अवरुद्ध


bhawani desk
भाद्र २८, २०७५ बिहीबार  १२ : ०६ बजे

काठमाडौं,२८ भाद्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कंचनपुरकी निर्मला पन्तको हत्याबारे सरकारको जवाफ माग गर्दे प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना दिनानुदिन नाटकिय रुपमा बढी जटिल र रहस्यमय बन्दै गएको तथा एक पछि अर्को अनुसन्धान टोली परिर्वतन भईरहेपनि तर अनुसन्धानकार्य बास्तविक अपराधी सम्म पुग्न नसकेको भन्दै कांग्रेसले त्यसबारे सरकारको जवाफ माग गरेको हो ।

विहिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाबारे सदनलाई जानकारी नगराएसम्म सदन चल्न नसक्ने बताउनुभयो भयो । उहाँले भन्नुभयो “अनुसन्धान मार्फत बास्तविक दोषि पत्ता लगाउन तर्फ भन्दा समग्र राज्य संयन्त्र नै बास्तविकता ढाकछोप गर्न केन्द्रीत रहेको देखिएको छ । यस घटनाले राज्य संरक्षित अपराधको स्वरुप लिन थालेको आभास जनताले गर्न थालेका छन् । ”

पछिल्लो अनुसन्धान टोलीमा रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउदै राजिनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।

केसीले पन्तको आत्मा र पीडीत परिवारले न्याय पाउने संभावना नदेखको तथा शक्तिशालि अपराधीहरुबाट मेरो ज्यान खतरामा रहेको हुदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था र नागकिक समाजलाई समेत जीवनरक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको श्रृजना गरेको भन्दै उहाँले त्यसबारे सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो “आखिर यो यो अवस्था किन र कसरी आयो ? यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् ?यो राज्यको सुरक्षा व्यवस्था र अवस्था प्रति नेपाल सरकारको उपसचिवले समेत विश्वास गर्न नसक्ने र जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघ र नागरिक समाजलाई लाई गुहार्नुपर्ने अवस्था किन र कसरी आयो ? यसले अत्यन्तै गम्भीर प्रश्न उब्जाएको छ । राज्यको संयन्त्र सरकारले चलाईरहेको छ वा अन्य कुनै शक्तिले ?”

कांग्रेसले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषिलाई कानुनी दायरामा ल्याउन नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारण पनि सरकार संग माग गरेको छ ।

बस्नेतलाई अकारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रचतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ ।

यी सबै घटना बारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com