
काठमाडौं,१८ भाद्र । सरकारले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ ।
मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमत जनाएका हुन् ।
आन्दोलनरत डाक्टरसँग सोमबार भएको वार्तामा स्वास्थ्य राज्यमन्त्री यादवले संहितामा शब्द चयनमा कमजोरी भएको भन्दै त्यसलाई सुधार्न सकिने बताएका नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले बताएका छन ।
मुलुकी अपराध संहिताको इलाजको महलमा डाक्टरले लापरबाहीपूर्ण उपचार गरेमा जन्मकैदको व्यवस्था राखिएको विरोधमा नेपाल चिकित्सक संघको आहृवानमा डाक्टरहरु आन्दोलनमा उत्रिएका थिए ।
।



















प्रतिक्रिया दिनुहोस्