
काठमाडौं,१६ भाद्र । कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्या पछिल्लो घटनाबारे अध्ययन गर्न आज बिहान खानेपानी मन्त्री बिना मगरले निर्मला पन्तको परिवारसँग भेट गरेकी छन् ।
मन्त्री मगरसहितको टोली निर्मला पन्तको घरमा पुग्दा परिवारमा रुवाबासी भएको छ । मन्त्री मगरले स्थानीय सुरक्षा तथा प्रशासन प्रमुखसँग घटनाको अनुसन्धान र पछिल्ला घटनाबारे छलफल गरेकी छन् ।
उनले समाजमा महिलाहिंसा बढ्दै गएकोले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन निर्देशन दिएकी छन।
निर्मला पन्तको परिवारले मन्त्री मगरसँग छोरीको हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । मन्त्री मगरले आजै बेल्डाडीमा बलात्कृत युवती तथा आन्दोलनमा मारिएका सन्नी खुनाको परिवारलई पनि भेट्ने कार्यक्रम रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्