
झापा, २८ साउन । झापा कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदीबन्दी फिल्मी शैलीमा आइतबार दिउँसो फरार भएका छन् ।
कारागार भित्रैबाट कैदीबन्दी फरार भएपछि कारागारमा तैनाथ सुरक्षाकर्मी माथि गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।
साविक जुरोपानी गाविस ९ हाल गौरादह नगरपालिका ८ निवासी उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते आजीवन कारावासको सजाय सुनाएका थिए । सोही कैद सजाय अनुसार माझी कारागारमा जेल जिवन बिताइरहेका थिए ।
साँझ कैदी गन्ती गर्ने क्रममा एक जना कैदीबन्दीको संख्यामा कमि आएपछि माझी फरार भएको घटना त्यसपछि बाहिर आएको हो ।
माझी पेशाले इलेक्ट्रिशियन थिए । कारागारको पर्खालमा बिजुलीका काम गर्नका उनले भर्याङ (सिढी) को प्रयोग गरेका थिए । ‘भर्याङ चढेर काम गर्दागर्दौ गरेको अवस्था कति खेर फिल्मी शैलीमा पर्खाल नाघेर फरार भयो, कारागारमा तैनाथ सुरक्षाकर्मीले समेत पत्ता पाएनन् प्रहरी उपरीक्षक बस्नेतले भन्नुभयो । घटनाको बेला खटिएका प्रहरी तथा कैदीबन्दीसंग सोधपुछ भइरहेको छ, भने फरार भएका माझीलाई खोज्न व्यापाक रुपमा प्रहरी परिचालन गरिएको उहाँको भनाई छ ।



















प्रतिक्रिया दिनुहोस्