ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम्बन


एबीसी न्यूज

इलाम, १३ साउन । आर्थिक अनियमितता गरेको अभियोगमा इलाम माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेका छन् ।

आर्थिक अनियमिततामा मुछिएका प्रमुख प्रशासकीय अधिकृत कालिदास ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरी हिरासतमा लिएको छ ।

यसअघि नगरका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकाललाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। नगरको आन्तरिक लेखा परीक्षण (आलेप) का क्रममा लेखा अधिकृत ढकालले सञ्चित कोषमा जम्मा हुने रकम इण्डोर्स गरी आफ्नो नामको बैंक खातामा जम्मा गरेको पाइएपछि अख्तियारले नगरको श्रेस्ता लिएर अनुसन्धान अगाडि बढाएको हो। प्रमुख प्रशासकीय अधिकृत ढकालका स्थानमा उपसविच माधव ढकाल सरुवा भएका छन्।

कोष तथा लेखा नियन्त्रकको कार्यालयका कर्मचारीले आलेप गर्ने क्रममा तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालले अनियमितता गरेको पाएका थिए।

ढकाल उदयपुरको कटारी नगरपालिकामा सरुवा भइ हाजिर भएको एक महिना पनि बित्न नपाउँदै तीन करोड ९७ लाख ५० हजार रुपैयाँ हिनामिनाको आरोपमा ढकाल पक्राउ लगत्तै आलेपकै क्रममा रहेको नगरको आर्थिक श्रेस्ता अख्तियारले लगेको थियो।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार तत्कालीन लेखा अधिकृत ढकालले माई नगरपालिकामा आर्थिक वर्ष २०७४्७५ मा निकासा भएको सञ्चित कोषको रकम एक करोड ४८ लाख ६३ हजार दुई भिन्नाभिन्नै मितिमा इण्डोर्स गरी आफ्नो नाममा रहेको व्यक्तिगत बै‌ंक खातामा सारेका थिए ।

पहिलो चौमासिकमा निकासा भएको रकमबाट २०७४ भदौ १ गते ४९ लाख ८७ हजार पाँचसय र दोस्रो चौमासिकमा निकासा भएको रकम २०७४ मंसिर २७ गते ९८ लाख ७६ हजार रुपैयाँ ढकालले आफ्नो बैंक खातामा सारेका थिए।

कोलेनिकाका अनुसार वित्तीय समानीकरण र शसर्त अनुदान अन्तर्गत सञ्चित कोषमा जम्मा भएको रकम कोषबाट चालु र पूँजीगत खातामा रकमान्तर गर्दा झुक्याएर उनले चालु र पूँजीगतसँगै एक अर्को चेकबाट आफ्नो व्यक्तिगत बैक खातामा जम्मा गरेको पाइएको छ।

यस क्रममा लेखा अधिकृत ढकालले सामाजिक सुरक्षातर्फको रकम वितरण गर्न भनी बैंक र प्रमुख प्रशासकीय अधिकृतलाई समेत झुक्याएको बताइएको छ।

अनुसन्धानका क्रममा अख्तियारले नेपाल बैक इलामका तत्कालिन प्रबन्धक मोहन निरौलाको समेत बयान लिइएको छ। तत्कालीन लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत ढकालको पालामा एक सेवा निवृत्त र एक सरुवा भएका कर्मचारीको तलब समेत गायब पारिएको थियो।

अवकाशप्राप्त खरिदार यामबहादुर बस्नेतको तलव भत्ता र सरुवा भएर अन्यत्र गएकी कर्मचारी कमला कार्कीको चार लाख १५ हजार रकम समेत गायब पारिएको हो।

यस्तै विद्यालयको लागि निकासा भएको रकममा पनि करार शिक्षक भुक्तानीका नाममा अनियमितता भएको बताइएको छ। शिक्षामा भएको ८९ लाख ७६ हजार चार सय २५ रुपैया निकासा भएको तर यसको सवै निकासा भएका देखिएको छैन्।

तत्कालीन लेखा अधिकृत ढकाल सरुवा भएर गएको कटारी नगरपालिकामा समेत तीन करोड ९७ लाख ५० हजार रुपैयाँ रकममा अनियमितता पाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com