ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरीका दुई जवानले कलंकीमा यसरी गरे, युवतीको बलात्कार


एबीसी न्यूज
श्रावण १३, २०७५ आईतबार  २ : ५७ बजे

काठमाडौं, १३ असार । एक युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ । राजधानीको कलंकीमा ती युवती बलात्कृत भएकी हुन् ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा गरेको उजुरीको उनको प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत जवान हुन् ।
घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
पोखरेल दुई वर्षअघि एक युवतीसँग प्रेममा थिए । तर, उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन । पोखरेलको गतिविधिप्रति शंका लागेका कारण प्रेमिका उनीसँग टाढिएइन् ।
एक वर्षपछि फेसबुकमा भेटिएका तीनै प्रेमीले आफू सुध्रिएको र जागरि छाडेर होटल सञ्चाल गरी बसेको बताएको पीडित युवतीले प्रहरीलाई प्रारम्भिक बयानमा भनेकी छन् ।
पोखरेलले युवतीलाई बिहीबार कलंकीस्थित आशिर्वाद गेस्ट हाउसमा आउन आग्रह गरे पछि उनी उक्त होटलमा पुगेको प्रहरीलाई बताइकी छन् ।

पोखरेलले भने जस्तो उक्त होटलले उनले सञ्चालन गरेका थिएनन् । उनले सुनियोतिज पूर्वक होटलमा दुई वटा कोठासमेत बुक गरेका थिए ।
पीडित युवतीले प्रहरीमा दिएको जहेरीमा भनेकी छ्न, ‘एउटै कोठामा बसेर खाइरहेका थियौं । घरी ऊसँग बस्ने गर है भनेर बाहिर निस्किन्थ्यो । घरी के गथ्र्यों’ ‘तर, त्यतिवेला मैले मानिन । उसँगै निस्किएको थिएँ ।’
प्रहरीका अनुसार रात छिप्पिँदै गएपछि प्रसाईं निन्द्रा लाग्यो भन्दै एउटै कोठामा सुते । दुई वटा खाट कोठामा भएकाले ‘एउटामा हामी, अर्कोमा ऊ सुतोस्’ भनेर पोखरेलले भनेछन् ।

युवती मान्दिनन् । उनी अर्को कोठामा जान्छिन् । पोखरेलले उनलाई पछ्याए र अन्तिम पटक भन्दै रक्सी खुवाए । ‘अर्को केटाले बेइमान गर्न सक्छ भनेर युवती आफैंले चुकुलसमेत लगाएकी रैछिन्’ अनुसन्धानमा संलग्न प्रहरीले भने ।

पीडित युवतीका अनुसार राति ४ बजेतिर ब्यूँझदा उनलाई असहज महसुस भयो । उनीसँग प्रेमी होइन, उनका साथी थिए । ‘केही गलत हर्कत गर्न खोजेको जस्तो लाग्यो । मान्छे पनि मोटो थियो’ उनले भनेकी छन्, ‘म अर्धनग्न थिएँ ।’

प्रेमीका साथी कतिबेला र कसरी आफ्नो कोठामा आइपुगे आफूलाई थाहा नभएको उनले बताएकी छन् । यसबारे पोखरेललाई भन्दा उल्टै सम्झाउन खोजको उनको भनाइ छ । घटना पछि युवतीले प्रहरीलाई फोन गर्न खोज्दा प्रेमीले मोबाइल फुटाइदिएको उनको भनाई छ ।
विहान उनीहरुसँग छुट्टिएर युवतीले प्रहरीसमक्ष जाहेरी दिइन्, त्यसै आधारमा दुवै पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुको कोठाबाट कण्डम र केही मदिराको बोटलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो प्रदर्शनकारीले बञ्चरो, गुलेली र पेट्रोल बमले आक्रमण गरे

रवि लामिछाने , नख्खु कारागारका जेलर सत्यराम जोशी र तत्कालीन गृहमन्त्री रमेश लेखकको बयानमा के छ ?

कार्की आयोगको प्रतिवेदनमा देउवा, प्रचण्ड, बालेन र ओलीको बयान : ‘मेरो घरमा पैसा भेटिएको भिडियो एआई जेनेरेटेड हो’–देउवा

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com