
दाङ, ७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका भरत विक , जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, दिपक नेपाली , छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपानेलगायत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टले जनकारी दिनुभयो ।
नेपाल विद्युत् वितरण कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरीको नेतृत्वमा गएको टोलीले आज उनीहरूलाई पक्राउ गरेको हो ।
फुलवारी क्षेत्रबाट विद्युत् चुहावट व्यापकरुपमा भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
पक्राउ परेका ११ जनालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्