
नवलपरासी, ७ साउन । बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्।
आईतवार दाउन्नेबाट सांझ ७ ः ३ ० बजेको समयमा बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीलाई शंका लागेर खोजतलास गर्दा निजको साथमा फलामको ठुलो खुंडा र पेस्तोल फेलापरेपछि बर्दघाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका प्रहरी उपरिक्षक राजेन्द्र भट्टले जानकारी दिए।
हतियारसहित पक्राउ परेका आचार्यलाई हातहतियार खरखजना अन्तरगत मुद्धा चलाउने तयारी भैरहेको भट्टले जानकारी दिए।



















प्रतिक्रिया दिनुहोस्