
वीरगञ्ज, ७ साउन। वीरगञ्जका उद्योगी–व्यवसायीहरुले वीरगञ्ज महानगरपालिकाको करप्रति असन्तुष्टि जनाएका छन् । महानगरपालिकाको नगरसभाले सबै वर्गका लागि करको दर एउटै तोकेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।
संघले सवारी साधन तथा पेट्रोलियम पदार्थमा लगाइएको करप्रति असन्तुष्टि जनाएको छ । वहाल करको दरमा वृद्धि, समान्य प्रकृतिका व्यवसायमा समेत महँगो करका साथै विगतमा कहिल्यै कर तिर्न नपरेको जनताका लागि अत्यावश्यक जन्मदर्ता, मृत्युदर्ता, नागरिकता प्राप्ति जस्ता कार्यमा समेत अनुचित कर लगाइएको भन्दै उसले सच्याउन भनेको छ ।
मालपोत कार्यालय, पर्सा र वीरगञ्ज महानगरपालिका कार्यालय दुवै नेपाल सरकारका निकाय भए पनि जग्गाको मुल्यांकनमा अन्तर देखिएको उसको भनाइ छ ।
संघका अनुसार, मालपोत कार्यालयले रु १ करोड ५० लाख तोकेको जग्गाको मूल्य महानगरपालिकाले रु ८ करोड तोकेको छ । महानगरपालिकाले विज्ञप्ति निकाल्दै महानगर सेवामुखी हुनुको सट्टा आयआर्जनमुखी भएको देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
करको दर नबढाई दायरा बढाउँदै राजस्वको संकलन गर्नु पर्नेमा उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पार्ने गरी कर, शुल्क, दस्तुरको दरमा पुर्नविचार गर्न संघले आग्रह गरेको छ ।
सर्वसाधारणलाई कम्तीमा जीवनयापन गर्न सहज हुने गरी पुनः मूल्यांकन एवम् करको निर्धारण नगरिएमा चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु अगाडि बढाउँदै लैजाने चेतावनी पनि संघले दिएको छ ।



















प्रतिक्रिया दिनुहोस्