ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको नाम र स्थायी राजाधानी तोक्न बहस


bhawani desk

धनगढी, ३१ असार । प्रदेश नं ७, प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य डा रणबहादुर रावलले प्रदेशको नामाकरण र स्थायी राजधानीका सम्बन्धमा छलफल अघि बढाउन ध्यानाकर्षण गराउनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता रावलले प्रदेश नं ७ को राजधानी र नामाकरणका सम्बन्धमा प्रतिपक्षीबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको प्रस्तावमाथि छलफल अघि बढाउन र बाढीपहिरो डुबान प्रभावितलाई राहत दिने विषयमा गम्भीर हुन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर धामीले दार्चुलामा बाढीपहिरोका कारण ६ विद्यालयमा पढाई अवरुद्ध भएकाले कक्षा सञ्चालन गर्न पहल गर्नुपर्ने र बाढीपहिरोपीडितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

बैठकले मुख्य न्यायधिवक्ताको काम कर्तव्य अधिकार र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत भएको प्रस्तावलाई स्वीकृति दिएको छ ।

यसैगरी प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले पनि स्वीकृति दिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले यी दुवै विधेकलाई बैठकमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

विधेयक प्रमाणीकरण 

प्रदेश प्रमुख मोहनराज मल्लले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, र सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रमाणीकरण गर्नुभएको जानकारी सभामुख अर्जुनबहादुर थापाले बैठकमा गराउनुभयो ।

यसैगरी प्रदेश प्रमुख मल्लले प्रदेश नं ७ प्रदेश आकस्मिक कोषको व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेश नं ७ प्रदेश सरकारको अर्थ व्यवस्था प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५, र प्रदेश नं ७ प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई पनि प्रमाणीकरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com