
काठमाडौं,३१ असार । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माथेमा प्रतिवेदनको विपरितमा चिकित्सा शिक्षा विधेयक ल्याएर गम्भीर गल्ती गरेको बताउनु भएको छ ।
आईतबार प्रतिनिधीसभा बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दे भट्टराईले सरकारले माथेमा प्रतिवेदनको आधारमा नै उक्त बिद्ययेक ल्याउनुपर्ने र यसले स्वस्थ्य शिक्षाको क्षेत्रमा देखिएको बिकृति र बिसंगती अन्त्य गर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।
स्वस्थ्य शिक्षाको क्षेत्रको सुधारका लागी माथेमा प्रतिवेदनको अधारमा बिद्ययेक बन्नुपर्ने र समस्याको स्थायी हल गर्नुपर्ने उहाको भनाई छ । उहाले अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अबस्था गम्भीर बन्दै गएको भन्दै छिटो भन्दा छिटो वार्ता कमिटि गठन गर्न पनि माग गर्नुभयो ।
त्यस्तै काग्रेसका महामन्त्री शंशाक कोईरालाले उहाले माथेमा आयोगको प्रतिवेदनलाई हटाएर सरकारले एकलौटी ढंगले बिद्ययेक ल्याए दुर्घटना हुने धारणा राख्नुभयो ।
यता सरकारले प्रतिनिधिसभामा दर्ता भएको चिकित्सा शिक्षा विधेयक तत्काल अघि नढाउने तयारी गरेको छ भने वार्ताका लागी टोली गठन गर्ने तयारी पनि गरेको छ । यसअघि अध्यादेशको प्रतिस्थापन विधेयक दर्ता हुन नसकेपछि सरकारले नयाँ विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो ।



















प्रतिक्रिया दिनुहोस्