ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जतिसुकै कठिनाइ भए पनि हार मान्न हुदैंन :अध्यक्ष भट्ट


bhawani desk
असार ३१, २०७५ आईतबार  ११ : २१ बजे

जापान, ३१ असार । जापानमा नेपालीको संख्या बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् ।

फुकुओकामा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले उज्वल भविष्य बनाउन जतिसुकै कठिनाइ भए पनि हार मान्न नहुने बताउँदै प्रवासमा विद्यार्थी जीवन सहज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

समस्यासँग जुधेर सहज बाटाहरु अपनाउन आग्रह गर्दै उहाँले सबैमा केही न केही जिम्मेवारी रहेकाले संघर्ष र योजना दुवैलाई संगसंगै लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

सोफिया विश्वविद्यालयको ग्लोबल विभागका प्राध्यापक मासाको तानाकाले जापान नेपालीका लागि अवसरको खानी भएकाले यसको सदुपयोगका लागि उचित बाटो पहिल्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले जापान छिर्नासाथ पैसाको पछि लाग्दा नेपाली समुदायमा विकृति बढ्दै गएकाले यसबारे सबै नेपाली समुदाय सचेत रहन पनि सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो ।

जिज्ञानकुमार थापा, धर्मराज अधिकारी, रामकृष्ण श्रेष्ठ, कृष्ण सुवेदी, एनआरएनएका जापान प्रतिनिधि लक्ष्मण बानिया, फुकुओका नेपाल सोसाइटीका नवीन अधिकारी, नेपालस्थित सर्वोच्च अदालतका उपसचिव अशोक क्षेत्री लगायतले अध्ययनका लागि जापान आएका विद्यार्थीको भविष्य र चुनौतीका विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

फुकुओका प्रिफेक्चरका अधिकारी, फुुकुओका अध्यागमन विभागका पदाधिकारी र फुकुओका प्रहरी अधिकारीकोे पनि सहभागिता रहेको सो कार्यक्रममा नेपाली नेपाली बीचको विवाद, आन्तरिक कलह र चर्काे संवादको न्यूनीकरण तथा काममा सहयोगी बन्न सके जापानी नागरिक माझ नेपालीको विश्वास बढ्नेमा उनीहरूले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

फेसबुकमा ‘भाइरल’ उम्मेदवारलाई मतदाताले पत्याएनन् : धमला ६५५ मतमा सीमित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

धनुषा– १ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com