ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कच्ची सडकको कारण यात्रुलाई सास्ती


bhawani desk
असार २६, २०७५ मंगलबार   १ : २७   बजे


संखुवासभा, २६ असार । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी देखी चिचिला सम्म जाने कोशील्हासा राजमार्ग अन्तर्गतका सडकखण्डमा दैनिक रुपमा यातायातका साधान घण्टौ सम्म फस्ने गरेका छन ।

सदरमुकाम खाँदबारी देखी चिचिला गाउपालिका सम्म पुग्ने कोशील्हासा राजमार्ग अन्तर्गतका सडकखण्डको हालत देख्दा जो कोही पनि दोश्रो पटक उक्त सडकको यात्रा गर्न नपरोस भन्ने लाग्छ । बर्षौ देखी उक्त सडकखण्डको स्तरोन्नती हुन सकिरहेको छैन । सदरमुकाम खाँदबारी देखी उत्तरीक्षेत्र जाने मुख्य सडक यहि नै हो । यो बाहेक अर्को विकल्प समेत छैन ।

खाँदबारी देखी मानेभञ्जाङ्ग सम्मको सडक सामान्य नै रहेपछि मानेभञ्जाङ्ग देखी चिचिला निस्कन निकै मुस्किल छ । चिचिला देखी नुमको फ्याक्सिन्दा सम्म जाने सडकखण्डको गत बर्ष स्तरोन्नती भएकाले खाँसै समस्या नरहेको स्थानीयहरुको भनाई छ ।

कोशील्हासा राजमार्गको मुख्य समस्या खाँदबारी देखी चिचिला पुग्नै हो । कच्ची सडकमा बर्खाको भलबाढीले बिगारेपछि यात्रुहरुले सास्ती भोग्न परिरहेको छ । सडकको बिच भाग तिर ठूला–ठूला खाल्डो परेको छ । उक्त खाल्डो कटाएर गाडी आवातजावात गर्न नै मुस्किल भईरहेको स्थानीयहरु बताउँछन ।

त्यसमाथी पनि खाँदबारी नगरपालिका–४ सेकाहामा सडक अत्यन्तै बिग्रिएको छ । सेकाहाको अरुणथान देखी भ्याङखोला निस्कने करिब ५ किलोमिटर सडकमा कतिपय यात्रुहरुको बाँस नै हुने गरेको छ ।

उक्त राजमार्गको धेरै ठाऊँमा ठूला–ठूला खाल्डो परेकाले यात्रुहरु भनेको समयमा गन्तब्यमा पुग्न नसक्ने गरेको जनगुनासो आउने गरेको छ । खाँदबारी देखी उत्तरीक्षेत्र जाने यो मुख्य सडकखण्ड हो । यो सडक हुर्दै ठूला–ठूला मालवाहक सामानहरु दैनिक सयको संख्यामा आवातजावात गर्ने भएकाले पनि सडकको हालत झन बिग्रीएको खाँदबारी नगरपालिका वडा नं.–४ सेकाहा निर्वाचीत वडासदस्य जीतबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो—‘कच्ची सडक नै भएपनि खाँदबारी देखी मानेभञ्जाङ्ग सम्म दुःखसुख आवातजावात भईरहेको भएपनि मानेभञ्जाङ्ग देखी छ्याङकुट्टी हुर्दै चिचिला सम्मको सडकको तत्कालै ग्राभेल र नाली ब्यबस्थापन गरेर यो बर्खाको समयमा गाडी नफस्ने गरि बनाउन पटक–पटक आग्रह गर्दा पनि उत्तरदक्षिण कोशी सडक आयोजनाले वेवास्ता गरिरहेको छ ।

‘सडक कार्यालयले सडकको सुरक्षाको लागी नाली ब्यबस्थापन समेतको काम गर्न सकेको छैन । बर्खाको भलबाढी सबै सडकमा पसेपछि पानीले खाल्डो पारेको छ । स्तरोन्नतीको काम केही भएको नभएको वडासदस्य गुरुङले भन्नुभयो ।

उत्तरदक्षिण कोशी सडक आयोजनाले बर्खाको समयमा गुम्बा छेऊको खोलामा किरातेश्वर निर्माण कम्पनीलाई पुल बनाउने जिम्मा दियो । निर्माण कम्पनीले हिउँदमा नै काम सकेपछि बर्खाको समयमा माटो कटिङ्ग गरेर पुलको वरपरको खाल्डो पुर्दा अहिले गाडी त्यही फस्ने गरेको सेकाहाका स्थानीय रविन गुरुङले बताउनुभयो ।

सो क्षेत्रका खोलामा पुल र माटो कटिङ्ग गरेपछि झन बाटो बिग्रीएको स्थानीयको आरोप छ । ‘यो बर्खाको समयमा पुल निर्माण गरे, पुल बनेपछि वरिपरि माटोले सडकको खाल्डो पुरियो । अहिले त्यहि माटो दबदबे हिलो भएर धेरैजति गाडी त्यही फसीरहेको छ ।’–स्थानीय गुरुङले भन्नुभयो ।

सेकाहाको उक्त सडकखण्डमा बर्खाको समयमा ठेकेदार कम्पनीले माटो कटिङ्गको काम गरेकाले पनि बाटो चिप्लो भएर आवातजावातमा समस्या भईरहेको छ । सडकको खाल्डो माटो कटिङ्ग गरेर पुरेपछि दैनिक रुपमा बर्षा भईरहेको आवातजावात ठूलो समस्या भईरहेको छ ।

सडकको खाल्डो पुर्न माटो बिछ्याएपछि गाडी चिप्लिनुका साथै पैदल यात्रुहरुलाई समेत सकस सेकाहाका अर्का स्थानीय भोलामान गुरुङले बताउनुभयो । ‘सडकखण्डमा ठूला–ठूला खाल्डो परेको छ । सडक छेऊको नाली ब्यबस्थापन नहुदाँ भलबाढी सबै सडकमा नै पसेर सडक झन बिग्रीएको हो ।’—स्थानीय भोलामान गुरुङले भन्नुभयो ।

गुम्बा छेऊको ठूला–ठूला खाल्डो र दबेदबे हिलो कटाउन नसकेर उत्तरीभेग तर्फ लगिएको योजना सामानहरु बिच बाटोमा नै अलपत्र अवस्था राखिएको छ । एकहप्ता सम्म मालवहाक गाडीमा समान राख समेत बाटो नखुलेपछि सडकछेऊमा नै बाध्य भएर सामान राखेका छन ।

सम्बन्धित निकाय उत्तरदक्षिण कोशी सडक आयोजनाले वेवास्ता गर्दा लामो समय देखी खाँदबारी–चिचिला सम्म सडकखण्डको स्तरोन्नती समेत हुन सकिरहेको छैन । कोशील्हासा राजमार्ग अन्तर्गत पर्ने मुख्य सडकको यस्तो हालत हुदाँ समेत सम्बन्धित निकाय कान तेल हालेर सुतेको छ ।

बहुचर्चित नौ सय मेघावाटको अरुण–३ को पावरहाउस स्थल पुखुवा र ड्यामस्थल नुमको फ्याक्सिन्दा जाने सडक समेत यहि हो । अरुण–३ को सामान आवातजावात गर्न दैनिक रुपमा ठूला–ठूला मालवाहक गाडीहरु यहि बाटो हुर्दै गन्तब्य पुग्ने गरेका छन ।
तर सडकको अवस्था नाजुक हुदाँ खाँदबारीबाट एक दिनमा पुग्ने ठाऊँमा तीन दिन सम्म लाग्ने गरेको उहाहरुको गुनासो छ । सडकको यस्तो दुर्दशा हुदाँ समेत सम्बन्धित निकाय सडक विभागले वेवास्ता गर्दा स्थानीयहरु झन चिन्तित बनेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group