ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला पत्रकार प्रोत्साहन पुरस्कार चौहानलाई


bhawani desk

विराटनगर, २१ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको स्थापना दिवस पारेर प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार’ यो वर्ष उर्लाबारीकी पत्रकार ज्योति चौहानलाई प्रदान गरिने भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा आज यहाँ बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भइसक्नुभएको छ ।

राष्ट्रिय समाचार समिति पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा समाचारदाताका रुपमा कार्यरत रहनुभएकी मीना श्रेष्ठले पूर्वाञ्चल क्षेत्रमा कार्यरत महिला पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न विसं २०७२ मा रु एक लाख २५ हजार रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । श्रेष्ठ हाल अमेरिकामा बसोबास गरिरहनुभएको छ ।
यसैगरी, मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार अभय राईलाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि रु २१ हजार रहेको छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइँटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भइसक्नुभएको छ ।

यसै वर्षदेखि स्थापना गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार–२०७५ इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गरिने भएको छ । समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशि रु ३१ हजार छ । यो पुरस्कारका लागि समाजसेवी गोयलले रु तीन लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

उक्त तीनै वटा पुरस्कार संस्थाको सातौँ स्थापना दिवसका अवसरमा यही असार २७ गते विराटनगरमा प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com