ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पाका पशुपालन गर्ने सातजना युवा सम्मानित


bhawani desk
असार २१, २०७५ बिहीबार  ११ : ३७ बजे

पाल्पा, २१ असार । कृषि र पशुपालन क्षेत्रमा लागेर नमूना काम गर्ने पाल्पा जिल्लाका सातजना युवा सम्मानित भएका छन् ।

जिल्ला युवा समिति, पाल्पाले युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा नमूना युवा किसानलाई नगद, प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको समितिका अध्यक्ष रामजी पोखरेलले जानकारी दिए ।

सम्मानित हुनेमा तानसेन–१४ की गाईपालन गर्ने पवित्रा गैरे, तानसेन–१२ का गाईपालन गर्ने रुकवीर रेस्मी, बगनासकाली गाउँपालिका यम्घाका ओमप्रसाद बस्याल, रामपुरका ऋषि पोखरेल, बगनासकालीका पदम बहादुर कनौजे, रैनादेवी छहरा गाउँपालिकास्थित सिद्देश्वरका सुदर्शन पन्त, रिङगनेरहका वासुदेव न्यौपाने रहेका छन् ।

सम्मानित हुनेलाई प्रदेश नम्बर ५ का सांसद तथा नेकपाका नेता अध्यक्ष नारायणप्रसाद आचार्यले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । सांसद आचार्यले योजनाबद्ध रुपमा काम नगरेकाले हामी पछाडि परेकाले अब योजनाबद्ध रुपमा काम गरी राम्रा गर्न सकिने बताए । उनले सम्मानितबाट हामीले धेरै पाठ सिकेर रोजगार र स्वरोजागरका अवसर सिर्जना गर्नुपर्ने बताए ।

प्रदेश सांसद पुरन बज्राचार्यले विदेशमा श्रम र पसिना पोखेर बढीमा रु ४० हजार आम्दानी हुने भएकाले स्वदेशमा श्रम खर्चिएमा राम्रो सम्भावना रहेको बताएका छन । उनले नेपाली युवाले नेपालमा सम्भावना खोज्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, प्रजिअ विष्णुप्रसाद ढकाल, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले सम्मानित हुनेलाई शुभकामना दिए ।

सम्मानित हुनेले पूर्वलडाकु तथा गाईपालन गर्ने पवित्रा गैरे, मिर्चा खेती गर्ने सुदर्शन पन्त, गाईपालन गर्ने रुकवीर रेश्मीले आफूहरुलाई अनुदानभन्दा पनि लगानीको आवश्यकता रहेको बताए ।

कृषि र पशुपालन क्षेत्रमा युवा पुस्ताको प्रवेशसँगै तरकारी, दूध, अण्डा र कुखुराको मासुमा पाल्पा जिल्ला आत्मनिर्भर बन्न सफल भएको हो । कृषि र पशुपालन क्षेत्रमा ठूलो संख्यामा युवा स्वरोजगार बन्न सफल भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com