ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

रक्तदाताको स्वास्थ्य जाँच नगरी रक्तदान


bhawani desk
असार १९, २०७५ मंगलबार  १२ : ०३ बजे

ललितपुर, १९ असार । ललित ब्यासले अहिलेसम्म ५९ पटक रक्तदान गर्नुभयो ।

उहाँबाट प्रेरित भएर उहाँकी छोरीले उमेर पुग्नासाथ (१८ वर्षदेखि) रक्तदान गर्न थाल्नुभयो । नेगेटिभ समूहको रगतको माग हुँदा उहाँले दिइरहनुभयो । रक्तअल्पता हुँदासमेत उहाँले रक्तदान गर्न नछाडेको बाबु ब्यास बताउनुहुन्छ ।

शरीरमा रगतको निकै कमी भएपछि मात्रै छोरीलाई रक्तअल्पता भएको आफूले पत्तो पाएको ब्यास बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, पत्ता लाग्नासाथ उपचार गरेर मात्रै नत्र उनको अवस्था खराब भइसकेको रहेछ । रक्तदाता रगत दिन सक्ने छ-छैन भनेर जाँच नगरी रगत लिँदा रक्तदातामा परेको असरको यो एउटा उदाहरण हो ।

अरुलाई ज्यान बचाउने रक्तदाता आफ्नै ज्यान जोखिममा पर्ने घटना दोहोरिइरहेको रक्तदाता बताउँछन् । नेपालमा रक्तदाताको स्वास्थ्य जाँच नै नगरी रगत लिँदा धेरै रक्तदातामा विभिन्न किसिमका स्वास्थ्य समस्या आइरहेका छन् ।

रगत आवश्यक पर्ने व्यक्तिलाई रगत हाल्नु अघि जाँच गरेपनि रक्तदातासँग रगत लिनु अघि जाँच नहुने रक्तदाताको गुनासो छ । कमजोर स्वास्थ्य अवस्थामा समेत रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य थप बिग्रिन सक्छ ।

अर्का रक्तदाता भानु रोशन राजभण्डारीले जस्तोसुकै धुलो र फोहरमा समेत रक्तदान भइरहेको बताउनुभयो । कलंकीलगायत राजधानी काठमाडौँका धुलो अत्यधिक हुने स्थानमा समेत रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ । फोहर स्थानमा रक्तदान हुँदा रगत लिने र दिने दुवैको स्वास्थ्यमा असर गर्छ । उहाँ भन्नुहुन्छ, “सफा ठाउँमा रक्तदान नहुँदा एकातिर रगत दिनेको स्वास्थ्यमा असर गर्छ भने रगत लिनेले पनि सफा पाउँदैन ।” रक्तदानका लागि न्यूनतम वातावरणीय सफाइको मापदण्ड हुनुपर्नेमा उहाँको जोड छ ।

नेपालमा बिरामीलाई आवश्यक पर्दा रगतको अभाव छ । माग र रगतको आपूर्तिका बीचको खाडलका कारण वर्षेनी रगतको अभाव भइरहेको हो । धेरै वर्ष पहिलेदेखि देखिएको अभावको अवस्थामा खासै सुधार भएको छैन । रगतको अभाव पूर्ति गर्न भन्दै धेरै सरकारी, गैरसरकारी वा निजी संस्थाले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गर्छन् ।

रगत संकलनका लागि रेडक्रस सोसाइटीबाट प्रतिनिधि ती स्थानमा पुग्छन् । रक्तदाताको स्वास्थ्य अवस्थाको जाँच ती स्थानमा जाँच हुँदैन । नियमित रक्तदाता भन्छन्, “यसले रगतको अभाव त कम गर्ला तर रक्तदाताको स्वास्थ्य अझै खराब हुन सक्छ ।” कतिपय रक्तदाता रक्तदानपछि थप बिरामी भएका घटना धेरै छन् । स्वास्थ्य संस्थामा नै रक्तदान गर्दासमेत रक्तदाताको सामान्यसमेत स्वास्थ्य जाँच हुँदैन ।

रक्तदाताले धेरै पटक रक्तदान गरेकालाई समेत सरकारले सम्मान र सहुलियत नदिएको गुनासो गर्दै आएका छन् । व्यक्तिले आफूले यति पटक रक्तदान गरेको भने पनि कसले कति रगत लियो र कसले कति दियो भन्ने तथ्यांक नभएको अर्का रक्तदाता भक्त भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दिएको रगत कति प्रयोग भयो भन्ने हामीले जान्न पाउनुपर्छ ।” रक्तदाताको सम्मान गर्दा मात्रै नयाँ रक्तदाता थप्न सकिने उहाँ बताउनुहुन्छ ।

एकपटक रक्तदान गरेका व्यक्ति पटकपटक गर्छन् । तर पहिलो पटक रक्तदान गराउन गाह्रो हुन्छ । ५० पटक भन्दा बढी रक्तदान गरेकालाई आ–आफ्नो ठाउँमा रक्तदानका लागि प्रेरित गर्न लगाउनुपर्ने राजेन्द्र सुनुवार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी आफ्ना क्षेत्रमा खटिनका लागि तयार छौँ ।”

दुर्घटना, प्रसूति, क्यान्सरका बिरामी र शरीरमा रगतको कमी भएका बिरामीलाई रगतको बढी आवश्यकता पर्छ । विभिन्न संस्थाले नियमित र कतिपयले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्दै आएका छन् । नेपालमा अझै पनि मागअनुसारको रगत छैन । रक्तदाताले निःस्वार्थ भावनाले निःशुल्करुपमा रक्तदान गरेपनि रगत लिन चाहने व्यक्तिले निःशुल्क पाउँदैनन् । थोरै शुल्क लिँदै आएकामा पूर्णरुपमा निःशुल्क हुनुपर्नेमा रक्तदाताको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी

रोल्पामा वर्षमान पुन विजयी

रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा

सुनसरी-१ : हर्क साम्पाङको ५ हजार बढी मतले अग्रता

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारुको अग्रता

Breaking: Balen Shah Wins Jhapa-5 in Landslide, Defeats KP Sharma Oli

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com