ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुक्सुमलाई यामाहा मिस टिन प्रदेश नं.१ को उपाधि


bhawani desk
असार १८, २०७५ सोमबार  १२ : ५७ बजे

बिर्तामोड,१८ असार । यामाहा मिस टिन प्रदेश नं। १–२०१८ बिर्तामोडकी रुक्सुम गुरागाई बनेकी छिन् । वीरता जेसीज बिर्तामोड र बिर्ता मिडियाद्वारा आयोजित प्रतियोगताको आइतवार राति सम्पन्न ग्राण्ड फिनालेमा १८ प्रतियोगीलाई उछिन्दै उनले मिस टिन प्रदेश नं. १को ताज पहिरिएकी हुन् ।

उपाधिसहित गुरागाईले मिस नेचुरल व्यूटीको समेत उपाधि हात पारिन् । प्रतियोगितामा विजयी भएसँगै गुरागाईले बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रवृत्ति लगायतको पुरस्कार प्राप्त गरिन् ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको ग्राण्ड फिनालेको उद्घाटन प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले पानसमा दीप प्रज्वलनसहित गरेका थिए । प्रतियोगिताको फस्ट रनरअप युमिसा घिमिरे भइन् ।

उनले उपाधिसहित टावर टेम्पल मिस एक्टिभ, मनोज ट्रेडर्स मिस फ्रेन्डलीको उपाधि समेत हात पारिन् । घिमिरेले उपाधिसँगै ५० प्रतिशत छात्रबृत्ति प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअप स्वस्तिका संग्रौला घोषित भइन् ।

उनले उपाधिसहित न्यू स्मार्ट टेलरिङ, मिस सोसियल एक्टिभ र वोस्टन मिस पब्लिक च्वाइसको अवार्ड हात पारिन् । उपाधिसहित उनले २५ प्रतिशत छात्रबृत्ति प्राप्त गरिन् ।

सोही प्रतियोगितामा भेष्पा मिस ट्यालेन्ट ऋचा गड्तौला, कोपिला हाउजिङ मिस डिसिप्लेन उषा बस्नेत, ओली एण्ड एशोसिएट्स वेस्ट वाक र क्रोमटम वेली डान्स दीपामा खुलाल बस्नेत, अलस्का अर्थ मुभर्स वेस्ट सिङ्गर संगीता विश्वकर्मा, महेन्द्र टु ह्वीलर्स मिस पंचुअल र होटल डाउनटाउन मिस पपुलर सुरक्षा महतारा, टीभीएस मिस व्यूटीफुल स्माइल र प्रधान डेन्टल मिस फोटोजनिक सुम्निमा तुम्वापो घोषित भइन् ।

त्यस्तै निशान मिस भिवर्स र एनजीओआईएमई मिस एथलेटिक्स भूमिका लिम्बू, प्रोभिडेन्स कलेज मिस व्यूटीफुल मेकओभर निशा राई, स्वस्तिक ओभरसिज मिस फेशन आइकन समीक्षा भण्डारी, न्यूटन्स् एभरेष्ट स्मार्ट स्कूल मिस बब्ली तुलसा राजवंशी, सीजी क्वीक्स मिस कन्फिडेन्स र मिस कस्टियुम विविसा केसी, पर्पल किचन मिस हेयर स्टाइल र मनषा कस्मेटिक मिस भिवर च्वाइज इक्सा लिम्बू, श्याम मिष्ठान्न भण्डार वेस्ट प्रफर्मर जोश्मी श्रेष्ठ, महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधवारे मिस ग्लामरस लक्ष्मी चाम्लिङ राई घोषित भए ।

उनीहरुलाई उपाधिसहित अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा १५ प्रतिशत छात्रबृत्ति लगायतका पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुरस्कार प्रायोजन गरेका संघ–संस्थाका प्रतिनिधिहरुले पुरस्कार वितरण गरेको कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरका जितेन, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष तथा वीरता जेसीजका पूर्वअध्यक्ष बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगीले विभिन्न जिल्लाबाट छनौट भएर एक महिने प्रशिक्षण अवधि पूरा गरेपछि भएको फाइनल प्रतियोगितामा सञ्चारकर्मी उमाकान्त खनाल, वीरता जेसीजका पूर्वअध्यक्ष तथा जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष जेसीआई सिनेटर बिनोद बस्नेत, सञ्चार उद्यमी सिद्धार्थ नवीन उप्रेती, मिस टिन नेपाल २०१७की फस्ट रनरअप मेरी लिम्बू लगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका तालिम संयोजक विकाश बस्नेतले स्वागत गरेका थिए । कार्यक्रममा वीरता जेसीजका अध्यक्ष गिरीले औचित्यमाथि प्रकाश पार्दै वीरता जेसीजले नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतियोगिताको आयोजना गरेको बताए ।

कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष युवराज कुँवरले आस्था वाचन, उपाध्यक्ष सञ्जीव घिमिरेले जेसीआई मिसन, भिजन, शिक्षा संयोजक राजीव धिमालले नेपाल जेसीज सन् २०१८ र वीरता जेसीज सन् २०१८का थिम वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, महासचिव श्रीराम पौडेल, नेपाल जेसीजका नेशनल ट्रेनर राजबाबु शाह, जेसीआई नेपाल फाउण्डेशनका संयोजक तथा राष्ट्रिय अध्यक्षका प्रमुख सल्लाहकार तीर्थ पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विष्णुबहादुर केसी, चन्द्रगढी विमान स्थलका प्रमुख पूर्ण चुडाल, इप्रका बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई लगायत विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले गरेका थिए । कार्यक्रमको पहिलो सत्रको सञ्चालन वीरता जेसीजका महासचिव बिनोद पाण्डे कमल र दोस्रो सत्रको सञ्चालन बिर्तामिडिया एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक एलसी श्रेष्ठ र मेरिना लिम्बूले गरेको वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

ई–बुलेटिनको विमोचन

मिस टिन प्रदेश नं. १–२०१८ ग्राण्ड फिनाले उद्घाटन समारोहमा वीरता जेसीजले प्रत्येक महिना प्रकाशन गर्दै आएको मासिक ई–बुलेटिनको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले विमोचन गरे । प्रमुख अतिथि बस्यालले कम्प्युटर क्लिक गरी एलइडी पर्दा मार्फत उक्त इ–बुलेटिनको विमोचन गरेका हुन् । वीरता जेसीजले आफ्ना गतिविधि समेटेर हरेक महिना इ–बुलेटिन प्रकाशन गर्नुका साथै त्यसलाई देशभरका जेसीज शाखाहरु समक्ष सम्प्रेषण गर्दै आएको छ ।

राष्ट्रिय अध्यक्षलाई सम्मान

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याललाई वीरता जेसीजले सम्मान प्रदान गरेको छ । भव्य समारोहकाबीच वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र वीरता जेसीजका अध्यक्ष एकराज गिरीले राष्ट्रिय अध्यक्ष बस्याललाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मानको घोषणा र सम्मानपत्रको वाचन संस्थापक अध्यक्ष बस्नेतले गरेका थिए । सन् २०१८ को नेतृत्व सम्हालेपछि छ महिनाको अवधिमा देशभरका जेसी युवामा जागरण ल्याउन र जेसीज अभियानलाई नयाँ उचाइमा पुर्याउन राष्ट्रिय अध्यक्ष बस्यालले उल्लेख भूमिका निर्वाह गरेको भन्दै वीरता जेसीजले सम्मान गरेको हो ।

देभरका एक सय ४२ जेसीज शाखा र त्यसमा आबद्ध १४ हजार बढी युवालाई तालिम तथा विभिन्न अभियान मार्फत राष्ट्रिय अधयक्ष बस्यालको सोच र योजना बमोजिम समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गरिएको कामको सबैतिरबाट प्रशंसा हुँदै आएको छ । सम्मान ग्रहणपछि समारोहमा बोल्दै राष्ट्रिय अध्यक्ष बस्यालले दीगो शान्ति र समृद्धिका लागि जेसीज युवा अग्रसर हुनुपर्नेमा जोड दिए ।

उनले जेसीजका कार्यक्रम दीगो विकासका लक्ष्य प्राप्तीमा केन्द्रीत गर्न समेत आग्रह गरे । वीरता जेसीजले सन् २०१८ को छोटो अवधिमा सामाजिक क्षेत्र तथा व्यक्तित्व र नेतृत्व विकासको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै बस्यालले प्रशंसा गरे ।
वीरता जेसीजको तर्फबाट सम्मान प्रदान गर्दा पूर्व अध्यक्षहरु, सन् २०१८ को बोर्ड तथा संयोजकहरुको उल्लेख उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सरकारले अध्यादेश ल्याए केपी ओलीको हालत हुन्छ–ज्ञानेन्द्र शाही

बजेटमा दोस्रो पुस्ता अनिवार्य ः अर्थविद् , नर बहादुर थापा भिडियो

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com