ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा


bhawani desk
असार १६, २०७५ शनिबार   ३ : ३५   बजे

लहान, १६ असार । सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् ।
जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत सात वर्षको अवधिमा यहाँबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको जनाएको छ ।

आव ०६७÷०६८ देखि हालसम्म यो जिल्लाबाट एक लाख आठ हजार ७१९ युवा वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये एक लाख आठ हजार ५१६ पुरुष र २०३ महिला रहेको सामी परियोजनाका जिल्ला संयोजक कविरकुमार चौधरीले जानकारी दिएका छन ।

उनका अनुसार आव ०६७÷०६८ देखि ०७४÷०७५ को वैशाखसम्ममा यो जिल्लाबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ४० हजार ३८७ जना कतार, ३० हजार ६५८ जना साउदी र २५ हजार ५६८ जना मलेसिया रहेका छन् ।

सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि जिल्लाबाट ६५ जनाले निःशुल्क सीप सिकेर तथा १२ हजार ५६९ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले बताएका छन ।

यस्तै वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ३३ जनाको शव जिल्लासम्म ल्याउन सकिएको र तीमध्ये चालू आर्थिक वर्षमा २१ जनाको परिवारलाई रु दुई करोड ५६ लाख १० हजार १९३ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए ।

सिरहाबाट वैदेशिक रोजगारीमा जानेमध्ये करीब पाँच प्रतिशत मात्र दक्ष भएर जाने गरेकाले वैदेशिक रोजगार चुनौतीपूर्ण बनेको परियोजनाको ठहर छ ।

सो अवसरमा जिल्ला समन्वय समिति सिरहाका संयोजक रामचन्द्र ठाकुरले स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर वैदेशिक रोजगारीमा गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group