ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

नाउराको भिरमा पदमार्ग निर्माण गर्ने कार्य सम्पन्न


bhawani desk
असार १६, २०७५ शनिबार  १ : ३४ बजे

म्याग्दी, १६ असार । धौलागिरि चक्रिय पदमार्गको सबैभन्दा कठिन र अप्ठ्यारो मानिने नाउराको भिरमा पदमार्ग निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

धौलागिरि गाउँपालिका–४ स्थित नाउरादेखि बगर गाउँको बीचमा पर्ने भिरमा पक्की र ढुङ्गे सिँढीसहितको पदमार्ग निर्माण भएको हो ।

गाउँपालिकाको रु पाँच लाख र स्थानीयवासीले रु एक लाख बराबरको श्रमदान गरी कूल रु छ लाखको लागतमा २०० मिटर सो पदमार्ग निर्माण गरिएको छ । यसका साथै तीन किलोमिटर पुरानो पैदल मार्गसमेत मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर पुर्जाले बताउनुभयो ।

पदमार्ग निर्माण भएपछि बगर, सिम्कोश गाउँका बासिन्दालाई आवतजावत र सामान ढुवानीमा सहज भएको छ । यसका साथै पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटन, पथप्रर्दशक र भरियालाईसमेत सहज भएको छ ।

अक्करे भिरको बीचमा साँघुरो बाटो भएको नाउराको भिर म्याग्दी जिल्लाको सबैभन्दा कठिन पहाड मानिन्छ । माथिबाट ढुंगा खसिरहने यस भिरको फेदी भएर बग्ने म्याग्दी नदीको खोच छ । भिरबाट लडेर वर्षेनी एक, दुई जनाले ज्यान गुमाउने गरेका छन् ।

धौलागिरि आधार शिविर, बगर र सिम्कोश गाउँ जानका लागि यो पदमार्गको विकल्प छैन । विसं २०६६ मा नाउराको भिरमा पदमार्गको ट्र्याक खोलिएको थियो । द्वन्द्वकालमा तत्कालीन माओवादीले शुरु गरेको पदमार्ग निर्माण कार्यलाई शान्ति स्थापनापछि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाइ जिविसले पूर्णता दिएको थियो ।

पदमार्ग निर्माण हुनुअघि करीब तीन घण्टा उकालो घुमाउरो बाटो अथवा रसीमा झुण्डिएर पहाडमा यात्रा गर्नुपर्ने अवस्था थियो । पछिल्लो समय पदमार्ग निर्माण र सुधार गरिँदै गए पनि पर्याप्त बजेटको अभावमा अपेक्षाकृत काम हुन नसकेको बगर गाउँका अगुवा हरिप्रसाद तिलीजाले बताउनुभयो ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेको धौलागिरि चक्रिय पदमार्गको प्रवेश बिन्दुमा पर्ने नाउराको भिरलगायतका स्थानमा सुरक्षित पदमार्ग निर्माणका लागि प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

पदमार्ग फराकिलो र सुरक्षित बनाउने, विभिन्न खोलामा झोलुङ्गे पुल निर्माणका लागि समुदाय, प्रदेश र संघीय सरकारसंग समन्वय गरीने अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

बाँके–२ मा एमालेका इस्तियाक राई विजयी

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

चितवन–२ बाट रवि लामिछाने तेस्रोपटक विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com