ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौसम सक्रिय नहुँदा एघार प्रतिशतमात्रै रोपाइँ


bhawani desk

चितवन, १५ असार ।  राम्ररी वर्षा नहुँदा मध्यअसार लाग्दासमेत चितवनमा पर्याप्त मात्रामा रोपाइँ हुन सकेको छैन ।

सिँचाइ अभावले जिल्लामा अघिल्लो वर्षभन्दा आधामात्रै रोपाइँ भएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठले यसवर्ष मौसम सक्रिय नहुँदा जिल्लामा ११ प्रतिशतमात्रै रोपाइँ भएको जानकारी दिनुभयो । यतिखेर किसान आकाशको पानी पर्खिएर बसेका छन् ।

अघिल्लो वर्ष असार १५ सम्म २० प्रतिशत रोपाइँ भएको चितवनमा यसवर्ष त्यसको आधामात्रै रोपाइँ भएको हो । किसानले कतिपय ठाउँमा रोपाइँका लागि खेत ठिक्क बनाएर राखे पनि वर्षाको अभावमा धान रोप्न सकिएको छैन् ।

यद्यपि चितवनको पूर्वी भेगमा अलि बढी रोपाइँ भएको छ । पश्चिम र पहाडी भेगमा रोपाइँ हुन सकेको छैन । सो क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले रोपाइँ हुन नसकिएको हो । कृषि कार्यालयले दिएको जानकारीअनुसार चितवनको इच्छाकामना गाउँपालिकामा रोपाइँ शुरु हुन सकेकै छैन । भरतपुर महानगरपालिकामा जम्मा तीन प्रतिशतमात्रै रोपाइँ भएको छ ।

सबैभन्दा बढी राप्ती नगरपालिकामा ३० प्रतिशत र खैरहनी नगरपालिकामा २५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख श्रेष्ठ बताउनुहुन्छ । रत्ननगर नगरपालिकामा १२, माडीमा १० र कालिका नगरपालिकामा तीन प्रतिशत रोपाइँ भएको छ ।

“अहिलेसम्म राम्ररी पानी पर्न सकेन र रोपाइँ भएन, अब मौसम सक्रिए भएको छ असार १५ पछि रोपाइँको क्रम तीव्र हुन्छ, श्रेष्ठले भन्नुभयो । कतिपय किसान कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर बसिरहेका छन् । भरतपुर महानगरपालिका–२० चन्द्रनगरका प्रेम घिमिरे पश्चिम क्षेत्रमा रोपाइँको तरखर नै शुरु नभएको बताउनुहुन्छ ।

कतिपय किसानले विगतको अनुभव हेरेर बीउ नै ढिला राखेको उहाँको भनाइ छ । “पानी परेकै छैन, त्यसैले अन्त पनि रोपाइँ हुने कुरै छैन”, घिमिरेले भन्नुभयो । उहाँले १० कट्ठा क्षेत्रमा रोपाइँका लागि भर्खरै बीउ राख्नुभएको छ ।

पूर्वी चितवनको शक्तिखोरका टीकाप्रसाद जमरकट्टेल भने धान रोप्ने तरखरमा हुनुहुन्छ । उहाँका अनुसार सो क्षेत्रमा पनि फाट्टफुट्टमात्रै रोपाइँ भएको छ । अब एक दुई दिनभित्रमा भने रोपाइँ शुरु हुने उहाँले बताउनुभयो ।

पूर्वी चितवनको भण्डारा र कुमरोजबाहेक अन्य क्षेत्रमा विगत वर्ष जसरी रोपाइँ हुन सकेको छैन । विगतको वर्ष यो समयमा पर्याप्त वर्षा भएकाले पनि धेरै रोपाइँ भएको थियो ।

जिल्लामा यसवर्ष कूल २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान छ । त्यसमध्ये अहिलेसम्म तीन हजार १६३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । कार्यालय प्रमुख श्रेष्ठले वर्षेनी धान रोप्ने क्षेत्र घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँका अनुसार तीन वर्षअघि चितवनमा २९ हजार ५०० हेक्टरमा रोपाइँ हुन्थ्यो । गएको वर्ष २९ हजार हेक्टरमा रोपाइँ भएको थियो । यो वर्ष भने २८ हजार ६०० हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिक टन धान यहाँ उत्पादन हुन्छ ।

कतिपय धान खेत हुने क्षेत्रमा घडेरी र प्लटिङ भएको र कतिपय माछापालनमा समेत प्रयोग भएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा चैते धान चार हजार ५७५ हेक्टरमा हुने र यसबाट करीब २० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ब्लक छुट्याएर धान उत्पादन गरिँदैछ । किसानलाई धानखेतीमा आकर्षित गराई धान उत्पादन बढाउन उक्त कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर धानखेती हुने क्षेत्र वर्षेनी घट्दै जानु चिन्ताको विषय बन्दै आएको छ ।

धेरै धान उत्पादन हुने चितवनको कुमरोजमा यसपालिको चैते धान रोगले सखाप पारेपछि यहाँका किसान चिन्तित छन् । राज्यले पनि धान उत्पादन गर्ने किसानलाई राम्ररी प्रोत्साहन गर्न नसकेको किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com