ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपुरथिमि नपाद्वारा घरबाटो सिफारिश र नक्सा पास रोक्का


bhawani desk

भक्तपुर, १४ असार । नगर विकास प्राधिकरणद्वारा सञ्चालित कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्रका घरेडीको नक्सा पास र घरबाटो सिफारिशमा मध्यपुर थिमि नगरपालिकाले रोक लगाएको छ ।

कमेरोटार जग्गा एकीकरण आयोजना र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका अध्यक्षसमेत रहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पत्रकार सम्मेलनमै यस्तो निर्णय सुनाउनु भएको हो ।

प्रमुख श्रेष्ठले भन्नुभयो ,कमेरोटार जग्गा एकीकरण आयोजना शुरु भएको १८ वर्ष भैसक्यो, यहाँभित्रको अनियमितता छानबिन गर्दै आयोजनाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने नगर परिषद्ले निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले आत्तिएर नगर प्रमुखलाई अध्यक्षबाट हटाएर एकलौटी गर्ने गैरकानूनी निर्णयको नगरपालिका घोर भत्र्सना गर्दछ ।

नगर कार्यपालिकाको २१ औ बैठकले कमेरोटार र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाले विकसित घडेरी बिक्रीको लागि प्रकाशित सूचनामा उल्लेख भएका जग्गा बिक्रीका लागि घरबाटो सिफारिशलगायतको कार्यमा रोक लगाउने र मोलपोत कार्यालय भक्तपुरमा समेत रोक्का राख्नका लागि पत्र पठाउने निर्णय गरेको गरेको हो ।
नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भएका जग्गा एकीकरण आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्ष स्थानीय नगर प्रमुख रहने व्यवस्था भएपनि प्राधिकरणको गत जेठ २२ गतेको बैठकले नगर प्रमुख श्रेष्ठलाई हटाएर दुबै आयोजनाको जग्गा व्यवस्थापन उपसमितिको अध्यक्षमा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षलाई राख्ने निर्णय गरेको हो ।

प्राधिकरणले नगर प्रमुखलाई अध्यक्षबाट हटाएको भोलि पल्ट नै सार्वजनिक सूचना जारी गर्दै कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रका टुक्राहरु बिक्रीमा राखेको छ । बिक्रीमा राखेको नयाँ घरेडीको नामसारी, घरबाटो र नक्सा पासमा रोक लगाएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाअध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थितिमा नगर प्रमुख श्रेष्ठले स्थानीय सरकारविरुद्ध प्राधिकरण अगाडि बढेको आरोप लगाउनुभयो । उहाँले प्राधिकरणको औचित्य समाप्त भइसकेको भन्दै प्राधिकरण खारेज गर्न माग गर्नुभयो ।

जनताको जग्गामा मनोमानी मूल्य राख्दै बिक्री गर्ने, आयोजनाका सबै काम नसकी पटक पटक म्याद थप गर्दै यहाँ भएको मनोमानी र भ्रष्टाचार रोक्न खोज्ने नगरपालिकाको प्रमुखलाई अध्यक्षबाटै हटाउने काम भएबाट आक्रोशित नगरपालिकाका पदाधिकारीहरुले आयोजना नगरपालिकालाई हस्तान्तरण नगरे कुनै काम अगाडि बढ्न नदिने बताएका छन् ।

नगरप्रमुख श्रेष्ठले दुवै आयोजना नगरपालिकाको मातहत सञ्चालन हुनुपर्ने अडान राख्दै नगर परिषद्बाट समेत स्वीकृत गराई आयोजनाको जिम्मेवारी लिने तयारी गर्दै गर्दा प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले अहिलेकै व्यवस्था अनुसार आयोजना चलाउन जबर्जस्ती गर्दै आएको ती पदाधिकारीको भनाइ छ ।
प्राधिकरणले कमेरोटार जग्गा एकीकरण आयोजनाको आयव्यय पारदर्शी रुपमा नराखेको र लेखा परीक्षणसमेत नगरी करोडौ रुपैयाँ अपचलन गरेको नगरपालिकाको आरोप छ ।

प्राधिकरणको भक्तपुर शाखामा प्रमुखका रुपमा नवराज प्याकुरेल आएपछि मात्रै कमेरोटार जग्गा एकीकरण आयोजनामा पाँच पटक भन्दा बढी र दिव्येश्वरी जग्गा एकीकरण आयोजनाभित्र जग्गाका घडेरी दुई पटक बिक्री गरिसकिएको छ ।
भक्तपुर नगरपालिकामा सञ्चालित दुई वटा आयोजना भने प्राधिकरणले नगरपालिकालाई हस्तान्तरण गरेपछि  गरेपछि शुरुदेखि नै नगरपालिकाले नै आयोजना सञ्चालन गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com