काठमाडौं,१३ असार । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले शहरी विकास तथा आवास निर्माण गर्न रकम विनियोजन गर्दा भेदभाव नगरिएको दाबी गरेका छन ।प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री राईले विपन्न समुदायलाई आवास निर्माण गर्दा सरकारले सुविधा दिन समेत बताएका छन ।

उनले आवास कार्यक्रम प्रदेश तहबाट सञ्चालन गर्न रकम विनियोजन भएको जानकारी दिए । भवन आचारसंहिता पूर्णपमा कार्यान्वयन गर्न, सबै पालिकामा भवनसंहिता कार्यान्वयन गराउन उनीहरुको क्षमता बढाइएको पनि मन्त्री राईले बताए ।
उनले एकीकृत शहरी विकास गर्न संघअन्तर्गत कार्यक्रम राखी मुलुकका १ सय ५० नगरपालिका एकीकृत शहरी योजना कार्यान्वयनमा ल्याउन लागेको बताए भने शहरलाई मेघा सिटी, स्मार्ट सिटी विकसित गर्न लागिएको जानकारी दिएका छन ।
त्यस्तै बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट कानूनमन्त्री शेरबहादुर तामाङले वन तथा वातावरण मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिए । मन्त्री तामाङले तामाङले, सीमसार, सामुदायिक वन, चुरे संरक्षण, कृषि वन व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी गराए ।



















प्रतिक्रिया दिनुहोस्