ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयबागेश्वरी सुन्धाराको अस्तित्व खतरामा


admin

काठमाडौँ, १६ जेठ ।  सडक किनारमा गहिरो भागमा पानी जमेको छ, पानीमाथि फोहर तैरिएको छ, झट्ट हेर्दा जो कसैलाई लाग्न सक्छ, यो फोहर फाल्ने ठाउँ हो ।

तर यो फोहर फाल्ने स्थान भने होइन । यो हो, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयबागेश्वरी अगाडिको ऐतिहासिक सुन्धारा । धरहरासँगैको सुन्धारा बन्नुभन्दा सयौँ वर्षअघि बनेको यो सम्पदाका बारेमा नयाँ पुस्तालाई थाहा नहुन सक्छ । पछिल्लो समय यसको संरक्षण हुन नसक्दा लोप हुने खतरा बढेको स्थानीयवासीको गुनासो छ ।

जयस्थिति मल्लको शासनकालमा बनेको जयबागेश्वरीको सुन्धारा चन्द्रशम्शेरले जीर्णोद्धार गरेको शिलालेख रहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।

“महाँकालचौरको पश्चिमी डाँडाबाट ल्याइएको यो धारामा विसं २०३५ सम्म पानी आउँथ्यो, शहरीकरण बढेसँगै बनेका घरले पाइप निकाले, पानी बन्द भयो, पानी बन्द भएपछि यसको महत्व पनि घट्दै गयो, ढुंगेधारा संरक्षण गर्नेतर्फ कसैको ध्यान गएन”, उहाँले भन्नुभयो ।

विसं २०४४ मा पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि एकपटक सफाइ गरिए पनि यसको संरक्षण हुन सकेको छैन । संरक्षणका लागि पानी झार्नुपर्छ । पानी झार्न धेरै सरकारी कार्यालयका बीच समन्वय हुनुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ डा टण्डन ।

महाँकालचौरबाट जयबागेश्वरीको ढुंगेधाराका लागि ल्याइएको पानी अहिले चावहिल चोकस्थित मेडिकेयर अस्पताल अगाडि झरिरहेको छ । प्राचीन सम्पदा जोगाउन पशुपति क्षेत्र विकास कोषलगायत निकायमा अनुरोध गरेको वर्षौं पुग्दा पनि पहल नभएको स्थानीय विजयगोपाल वैद्यको भनाइ छ ।

पुरातात्विक महत्वको यो स्थलमा देवीदेवताका मूर्तिसँगै फोहर पानी जमेको छ । फोहर पहिल्यै देखिने भएकाले सम्पदास्थल हो भन्ने नलाग्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com