ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा लेक लागेर थप २ जना विरामी, एकको अवस्था गम्भिर


admin
जेष्ठ १४, २०७५ सोमबार   ६ : ३१   बजे

डोल्पा, १४ जेठ । यार्सागुम्बा टिप्न ठुलीभेरी नगरपालिका १० को ग्यालवारा पाटन पुगेका थप २ जना लेक लागेर विरामी परेका छन् । आफन्त र प्रहरीद्धारा उनीहरुको उद्धार गरी जिल्ला अस्पताल डोल्पामा लगिएको छ ।

यार्सागुम्बा टिप्न ठुलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका २ जना यार्सा संकलकहरु गणेशकुमारी रोकाया र निदेश शाही लेक लागेर विरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल डोल्पामा भर्ना गरिएको हो ।

विरामी पर्नेमा ठुलीभेरी नगरपालिका ६ की १६ वर्षकी गणेशकुमारी रोकाया र मुड्केचुला गाँउपालिकाका १८ वर्षिय दिनेश शाही रहेको र उनीहरुको उपचार भैरहेको जिल्ला अस्पताल डोल्पाका डा. लक्ष्मण नेपालले बताए ।

उनीहरुलाई स्थानीय र प्रहरीहरुले उद्धार गरेर जिल्ला अस्पताल डोल्पामा उपचारका लागि भर्ना गरेको डा. नेपालले जानकारी दिए । उपचारमा रहेका मध्ये गणेशकुमारी रोकायाको अवस्था गम्भिर रहेको छ ।

वेहोस अवस्थामा रहेकी रोकायाको उपचार डोल्पामा नहुने भएकाले थप उपचारका लागि नेपालगञ्ज वा काठमाण्डौं लानुपर्ने अवस्था रहेको छ । विरामी रोकायालाई उनका आफन्तले कुरिरहेका छन् । उनका बाबु सोमवार बेलुकीसम्म आएका छैनन् ।
उनका बाबु नआएकाले जिल्ला अस्पताल डोल्पाले सिफारिस गरी नेपालगञ्ज काठमाण्डौं पठाउन नसकेको जनाएको छ ।

अस्पतालका अनुसार लेक लागेका विरामीको उपचार सरकारी सहयोगमा नपर्नेे भएकाले विरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ ।

विश्वको उच्च मानव बस्ति धो मा यार्सागुम्बा टिप्न गएर विरामी परेका रुकुमका हरिबहादुर शाहीको आइतवार पूर्व गृहमन्त्री जनार्दन शर्माको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।

आर्थिक अवस्था नाजुक भएकाले लेक लागेर बेहोस अवस्थामा रहेकी रोकायाको उपचारकाको ब्यबस्था मिलाई दिनको लागि आफन्तले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group