ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहयोगको अपिल, ‘छोरी छटपटिएको हेर्नुभन्दाको अरु विकल्प भएन’


admin
बैशाख २७, २०७५ बिहीबार  ४ : ४२ बजे

झापा, २७ वैशाख । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा मर्ने रहर कसलाई हुन्छ । तर रोगले थलिएपछि उपचार नपाएर धेरैले यही उमेरमा ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ ।

उपचारकै क्रममा भएको जायजेथा सकिँदा आर्थिक सहयोगको अपिल गर्दै साविक राजगढ–५ निवासी ३२ वर्षीया झुमादेवी राजवंशीले आफू बाँच्न र १६ वर्षीया छोरीलाई बचाउन आग्रह गर्दै आउनु भएको हो । गम्भीर प्रकृतिको रोगले सताएको र उपचारका लागि खर्च नहुँदा रोगले छोरी छटपटिएको हेरेर बस्नुपर्दाको पिडासंगै विगत आठ महिनादेखि उहाँ आफैँ पनि थलिएर बस्नुको विकल्प भएन ।

झुमादेवीले आफ्नो ढाड दुख्ने समस्या शुरु हुनेबित्तिकै गाउँका धामी सहित चिकित्सकलाई पनि देखाउँदा समस्या समाधान भएन भने छोरी नवीता राजवंशीको पनि सानैबाट पेटमा पानी जमेकाले पीडामाथि पीडा छ । छोरीलाई उपचार गर्ने बेलामा आमा नै थलिएपछि राजवंशी परिवारमा अहिले विचल्ली भएको हो ।

झुमादेवीका श्रीमान् नन्द राजवंशीले जेठीबाट छोरा नभएको भन्दै कान्छी श्रीमतीका रुपमा उहाँलाई भित्र्याउनुभएको थियो । उहाँका दुई सन्तानमध्ये १६ वर्षीया छोरीको पेटमा पानी जमेका कारण शरिरको विकास हुन नसकी अहिले नविता सात आठ वर्षकी जस्तै देखिन्छिन् ।

झुमाका श्रीमान् भारतको राजस्थानमा मजदूरी गर्दै आउनुभएको छ भने उहाँको मेरुदण्डमा ऐजरु पलाएर कम्मरमुनिको भाग नचलेका कारण घरबार पनि लथालिङ्ग भएको छ । यस्तो अवस्थामा स्थानीय कर्णाली बचत तथा ऋण सहकारी संस्थाले उहाँको उपचारका लागि आर्थिक सहयोग त ग¥यो तर त्यत्तिले मात्रै नपुगेपछि सोही सहकारीले समेत सहयोगको अपिल गरेको हो ।

सहकारीका सचिव भूपाल बस्नेतले भन्नुभयो, “सहयोगबाट जम्मा भएको रु एक लाख ५० हजार स्थानीय अस्पतालमा उपचार गर्दागर्दै सकियो तर अस्पताले स्रोतले उहाँको उपचारमा करिव रु. पाँच लाख लाग्ने बताएको छ ।”

सचिव बस्नेतका बुबाआमाले क्यान्सर रोगका कारण ज्यान गुमाएकाले उहाँले अहिले आमाबुबाका नाममा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्था दर्ता गर्नुभएको छ । सोही संस्थामार्फत उपचारका लागि सहयोग संकलन गरेर झुमादेवीको उपचार गर्ने उहाँले बताउनुभयो ।
चिकित्सकको सल्लाहबमोजिम झुमाको काठमाडौँको वीर अस्पतालमा उपचार संभब हुने भएकाले सबैले आ–आफ्नोतर्फबाट सकेको सहयोग गरिदिन उक्त सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले सबैमा आग्रह गर्नुभयो ।

झुमादेवी राजवंशीको नाममा रहेको उक्त सहकारीको राजगढ सेवाकेन्द्रको खाता नम्बर ००५०७०००३८२मा सक्दो आर्थिक सहयोग उपलब्ध गराउन संस्थाका सचिव बस्नेतले पनि जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com