ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय गुप्तचर संस्था रअ ले कसरी गर्छ काम ?


admin
बैशाख २७, २०७५ बिहीबार  ५ : ३२ बजे

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार(भोलि) नेपाल भ्रमणमा आउँदै छन् । भारतबाट उनी सोझै जनकपुर आउनेछन् । उनी हेलिकप्टर लिएर नेपाल आउन लागेका हुन् ।

मोदी नेपाल आउने भएसँगै भारतीय सेनाका साथै भारतीय जासूस संस्था रिसर्च एण्ड एनालिसिस विंग’रअ’ का जासूसको सक्रियता बढेको थियो ।

रअको जासूसीबारे केही समय अघि बीबीसीले एक रिपोर्ट प्रस्तुत गरेको थियो । भारतीय विश्लेषक आकार पटेलको नाममा छापिएको लेखमा कसरी भारतीय जासूसले काम गर्छन् भन्ने लेखिएको छ ।

पाकिस्तानमा एक भारतीय पक्राउ भएका थिए जसमाथि रिसर्च एण्ड एनालिसिस विंग’रअ’ को जासूस भएको आरोप लागेको छ ।

पाकिस्तानबाट आएका समाचारहरुका अनुसार यी व्यक्तिलाई तब गिरफ्तार गरिएको थियो जुनवेला उनी आफ्नो मोबाइबाट परिवारसँग मराठीमा गफ गर्दै थिए ।

पाकिस्तानबाट भारतमा हुुने फोनलाई विशेष याद गरिएको हुन्छ । जसका कारण यी पक्राउ परे । उनीसँग भारतीय पासपोर्डसमेत फेला परेको छ ।

यो विल्कुल अलग किसिमको जासूसी देखिएको छ । किनकी हामी जुन किसिमका जासूस फिल्ममा देख्छौं उनीहरुसँग नक्कली पासपोर्ट हुन्छ र उनीहरु धेरै नै प्रशिक्षित हुन्छन् । जब गिरफ्तार व्यक्ति रअका एजेन्ट भएको थाहा भयो त मलाई अचम्म लाग्यो ।

यस्तो यसकारण भयो किनकी रअ, सीआईए, मोसाद तथा आइएसआई जस्ता जासूस एजेन्सिका एजेन्ट आम रुपमा राजनीतिक पासपोर्टका साथ दूतावासमा तैनाथ हुन्छन् ।

मैले कही पढेको छु कि वर्तमान राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल एस्तै एक पोस्टको माध्यमबाट पाकिस्तानमा तैनाथ भएका थिए । जहाँसम्म मलाई जानकारीमा छ उनी इन्टेलिजेन्स व्यूरो(आईबी) मा थिए, न कि रअ मा ।

आईबी आन्तरिक जाजूसी एजेन्सी हो । जसको काम भारतीयमाथि ख्याल गर्नु हो । यसलाई सरलिकृत गर्ने हो भने यो एजेन्सीले भारतमा हुनेवाला गतिविधमाथि नजर राख्छ ।
यदी डोभाल आईबीमा थिए त उनी पाकिस्तानमा के गर्दै थिए रु दुवै जासूसी एजेन्सीको गतिविधिबारेमा मलाई जानकारी भएसम्म उनीहरु अफवाहसँग मात्र मिल्छन्, तथ्यमा आधारित हुँदैनन् । कयौपटक त रअका प्रमुखलाई पनि यो थाहा हुदैनकी एजेन्सी भित्र के भइरहेको छ ।

दश वर्ष पहिला आउटलुक पत्रिकामा आएको रिपोर्टका अनुसार रअमा मुसलमानलाई जागिर नदिने नीति चलिरहेको थियो ।

रअका करिब १५ हजार कर्मचारीमा कोही पनि मुस्लिम थिएनन् । समाचार एजेन्सी रोयटर्सले जब एक रिपोर्ट गरेको थियो जसले रअ का पूर्व प्रमुख दुलतसँग कुराकानी गरेको थियो । जहाँ दुलतले संगठन भित्र कोही मुसलमान भएको बारे आफूलाई थाहा नभएको बताएका थिए ।

उनले रअमा मुसलमान नहुनुको अर्थ निश्चय नै उनीहरुलाई राख्ने अनिच्छा कारण हुनुक्ने बताए । त्यस्तै मुसलमानको खोजी गर्न कठिन भएको उनको भनाइ थियो ।

रअका पूर्व प्रमुख गिरिश चन्दा सक्सेनाका भन्छन् , ‘जासूसी एजेन्सीमा मुसलमान अधिकारीको आवश्यकता छ, केही मानिसमा मात्र उर्दू र अरबीको जानकारी छ, यो समस्याको हल गर्न जरुरी छ ।’

मैले पाकिस्तानका केही जासूस एजेन्टसँग भेटघाट गरेको छु । उनीहरुमध्ये एक असद दुरानी पनि हुन जसलाई म केही सालदेखि चिन्छु । किनकी हामी दुवै एकै पत्रिकामा लेख्छौं ।

केही समय पहिला आइएसआईसँग मेरो काम परेको थियो । म हडप्पा गएको थिए । जो लाहोरबाट केही घण्टाको दूरीमा रहेको छ । म त्यहाँ सिन्धु घाँटी सभ्यता हेर्न गएको थिए । जसलाई निकै सुन्दरतासँग संरक्षण गरिएको थियो ।

म केही वर्ष पहिला पनि त्यहाँ गएको थिए । जब म टिकट काउन्टरमा गए तव उनीहरुले मलाई विदेशी नागरिक वाला टिकट दिएका थिए । यो टिकट स्थानीय मानिसलाई दिइने टिकट भन्दा धेरै महंगो थियो । मैले सोध त्यसपछि मात्र थाहा भयो की म स्थानीय नभएका कारण यस्तो गरिएको बताए । उनीहरुले भने, यहाँ पाकिस्तानी आउदैनन् ।

यसपटक जब म टिकट काउन्टरमा गए तब मलाई स्थानीयवाला टिकट दिइयो । मैले पनि आफू भारतीय भएको बताइन । कम्प्लेक्समा कमिज सुरुवाल लगाएका एक व्यक्ति आए र सोधे, तिमी कहाँ बाट आएका हौं । मैले लाहोरबाट भने ।

उ गयो । मेरो गाइडले बताए अनुसार यो क्षेत्रमा आउने हरेक विदेशीको रेकर्ड आईएसआईले राख्ने गरेको छ । जब हामी त्यहाँबाट निक्ल्यौं तब ती व्यक्ति पुन आए र राष्टिय पहिचान पत्र देखाउन आग्रह गरे, जसलाई हरेक पाकिस्तानीले आफूसँग राखेको हुन्छ ।

म पक्राउमा परे । मलाई आईएसआईको ढोकामा लगियो । जुन उक्त कम्प्लेक्सको भित्र थियो । त्यहाँ मेरो पासपोर्टको विवरण नोट गरियो । मलाई गोलमाल जवाफ दिएको भनेर गाली पनि गरियो । त्यसपछि उनीहरुले भने, तपाईलाई थाहा छ यहाँ विदेशीको लागि कति खतरा छ रु

मैले पहिल्यै भने कि रअ एजेन्ट राजनीतिक पासपोर्ट लिएर यात्रा गर्छन् । रअका साथ मेरो अनुभव अक्टुबर २००१ को छ । जब म अफगानिस्ताको युद्ध बारे समाचार तयार गर्न गएको थिए ।

हामीलाई उज्बेकिस्तान तथा ताजकिस्तानको बाटो हुँदै जानु परेको थियो र हामीलाई दुशांवेमा पर्खिएर बस्नु परेको थियो ।

मैले होटलमा दुई भारतीयसँग भेट गरेको थिए । उनीहरु सूट तथा टाई लगाएर बसेका थिए । उनीहरु हरेक विहान खाना खाने बेलामा देखा पर्थे र राति बारमा देखा पर्थे । हामी विश्वभरबाट आएका रिपोर्टर थियौं । तर, उनीहरु एकदम फरक थिए । जब हाम्रो टोली ताजकिस्तान आफगानिस्तान सीमामा पुग्यो तव हाम्रो पासपोर्ट रुसी सैनिकले जाँच गरे । सबै रिपोर्टरलाई जान दिइयो तर रुसी सैनिकले ती दुई भारतीयलाई दुशावा फिर्ता पठाइदिएका थिए ।

म दुई हप्तापछि म फर्किए । मेरो असाइनमेन्ट पूरा भयो । जब म एक नदि पार गर्ने क्रममा घोडाबाट लडे त्यसपछि मेरो पासवर्डमा लागेको भिजापनि भिज्यो र नदेखिने खालको भयो त्यसपछि म चिन्तामा परे ।

होटलमा मलाई उज्वेकिस्तान लैजाने वाला ट्याक्सी खराब भयो र म झोला बोकेर बाहिर उभिएको थिए । त्यति नै खेर मैले ती दुई भारतीयलाई देखे । त्यसमध्ये एकले मलाई सोध्यो, कहाँ जाँदै छौं रु

उनीहरुले मलाई लिफ्ट दिने भए । सेतो मर्सिडिज बेन्जमा चढेर म उनीहरुसँग सीमामा पुगे । सीमामा मैले पासवर्ड निकाले र मोहर लगाए । त्यसबेला ती दुई व्यक्ति कारबाट ओर्लिएनन् ।

मैले जब सीमामा रहेका अफिसरसँग आफ्नो कहानी भन्न खोजे तब उनले कारमा रहेका दुई व्यक्ति तर्फ हेरे र मलाई जान दिए । त्यसपछि मात्र मलाई थाहा भयो कि उनीहरु वास्तबमा को थिए रु

मेले त्यतिका दिनसम्म चिन्न सकेको थिइन तर रुसी सैनिक र उज्जेक अधिकारीले भने एक झलकमा रअका एजेन्टलाई चिनेका थिए ।

लोकान्तरबाट 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com