ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका दुई वडा पूर्ण खोप घोषणा


admin
बैशाख २७, २०७५ बिहीबार  ३ : ३५ बजे

डोल्पा, २७ वैशाख। यहाँको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने वडा नं १ र २ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ ।

नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्मदेखि दुई वर्षसम्म लगाउनुपर्ने ११ प्रकारका खोप पूरा गरेका आधारमा पूर्ण खोप वडा घोषणा गरिएको स्थास्थ्य चौकी त्रिपुराकोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण खोप वडा घोषणासँगै दिगोपना पनि आवश्यक भएको स्वास्थ्य चौकी प्रमुख तुलबहादुर श्रेष्ठले बताउनुभयो ।

सरकारको खोप तालिकाअनुसार कुनै पनि गाउँ क्षेत्र भित्रका दुई वर्षसम्मका बालबालिकालाई जन्मदेखि दुई वर्षसम्म ११ वटा खोप पूरा गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गर्न मिल्ने प्रावधान छ । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित कार्यक्रममा नगर प्रमुख ओमबहादुर बुढाले अहिले पूर्ण खोप घोषणा गरेर मात्रै नहुने र यसलाई निरन्तर रुपमा सर्वसाधारणको घर–घरमा पुगेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरका विभिन्न विद्यालयका अध्ययनरत विद्यार्थीले जनस्वास्थ्य शिक्षासम्बन्धी चेतना फैलाउने नृत्य, सडक नाटक र कविता प्रस्तुत गरेका थिए । साबिकको त्रिपुराकोट गाविसका नौ वडाका नौ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मानितसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com