ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियार हेटौँडा कार्यालयमा एक हजार ५७ उजुरी


admin

चितवन, २७ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

कार्यालयमा परेका उजुरीमध्ये ३९८ वटा उजुरी फछ्र्यौट भइसकेको सो अवसरमा जानकारी दिइयो । ६६१ उजुरी फछ्र्याैट हुन बाँकी रहेका छन् । कार्यालयका प्रमुख श्यामराज अधिकारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी धनुषामा १७९ वटा उजुरी परेकामा ५७ वटाको फछ्र्यौट भइसकेका छन् । सबैभन्दा कम काठमाडौँ, रसुवा, धादिङ र रामेछापमा रहेको छ । जहाँ एक÷एक वटा उजुरी परेका छन् ।

कार्यालयले हेर्ने १९ जिल्लामा महोत्तरीमा १६७, सर्लाही १५०, सिन्धुली ३४, दोलखा दुई, सिन्धुपालचोक दुई र काभ्रे दुई वटा उजुरी परेका छन् । यस्तै मकवानपुर ५७, रौतहट १५९, बारा १५५, पर्सा ११४ र चितवनमा ३२ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ ।

मन्त्रालय मातहतका कार्यालय हेर्ने हो भने सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयको ४०३ वटा उजुरी परेका छन् भने सबैभन्दा कम खेलकूद, निर्वाचन आयोग र वाणिज्य मन्त्रालय अन्तर्गतका एक÷एक वटा उजुरी रहेका छन् । गृह मन्त्रालय अन्तर्गतका १५, सिँचाइ मन्त्रालयअन्तर्गत २९, ऊर्जा मन्त्रालय अन्तर्गतका नौ, अर्थ मन्त्रालय अन्तर्गतका दुई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालका १८ वटा उजुरी रहेका छन् ।

यसैगरी शहरी विकासमा १३, वन तथा भूसंरक्षण मन्त्रालयका कार्यालयको ४१, कृषि विकासमा २७, भूमिसुधार तथा व्यवस्था मन्त्रालय मातहतका कार्यालयका ४० महिला, बालबालिका तथा समाज कल्याण कार्यालयको दुई, संघीय मामिला तथा स्थानीय विकासअन्तर्गत ३७९, स्वास्थ्य तथा जनसंख्या अन्तर्गतका ४९, उद्योग अन्तर्गतका १५, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका दुई, खानेपानी तथा सरसफाइ अन्तर्गतका ६ र पशुपक्षी मन्त्रालय अन्तर्गतका चार वटा उजुरी परेका छन् ।

कार्यालयले चालु आर्थिक वर्षमा चार वटा स्टिङ अपरेशन गरेको सो अवसरमा जानकारी दिइएको थियो । सो क्रममा जिल्ला शिक्षा कार्यालय रौतहटका सब–इन्जिनियर ललनकुमार सिंह, जिल्ला अस्पताल गौर रौतहटका हेल्थ असिस्टेन्ट अधिकृत प्रवीनकुमार झा, ट्राफिक प्रहरी जवान मोतीकुमार श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरण कलैया बाराका इञ्जिनियर रतनेशकुमार चौधरीलाई घूससहित पक्राउ गरिएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा रु ४५ लाख २७ हजार २३० असुल उपर गरिएको छ । अहिले कार्यालयमा विस्तृत अनुसन्धानअन्तर्गत ११० वटा उजुरी परेकामा ९५ वटा फछ्र्यौट भएको उहाँले बताउनुभयो ।

सो अवसरमा कार्यालयका शाखा अधिकृत विकास विकले भ्रष्टाचार नियन्त्रणमा आयोगका भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com