ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो वर्ष कानून निर्माणको वर्ष – कानून मन्त्री तामाङ


एबीसी न्यूज
बैशाख २६, २०७५ बुधबार   ११ : २९   बजे

काठमाडौं, २५ वैशाख ।  कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ ।

देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो । स्वतन्त्र न्यायपालिका स्थापना भएको दिनको खुशियालीमा प्रत्येक वर्ष न्यायालयले गरेका कामको समीक्षा गर्ने अवसरका रुपमा पनि यस दिवसलाई लिने गरिन्छ ।   ‘छिटो, विश्वसनीय न्याय नागरिकले न्यायालयबाट पाएका छन् कि छैनन्, कसरी छिटो न्याय दिन सकिन्छ भनेर कानून दिवस न्यायपालिकाको समीक्षा गर्ने अवसर हो ।’

न्यायालयको मुख्य काम न्याय सम्पादन गर्नु हो । न्याय पाउन अहिले पनि ढिलासुस्ती हुने र महँगो हुने डरले धेरै मानिस न्यायालय नै आउँदैनन् । उनले थपे, ‘नागरिकले कति छिटो न्याय पायो रु, कति सस्तो न्याय पायो रु भन्ने प्रश्न महत्वपूर्ण हो, अदालतमा ढिलासुस्ती हुन्छ, महँगो हुन्छ भन्ने कुरालाई चिर्न जरुरी छ ।’

कानूनी राज्यको निर्माण कानूनबिना सम्भव छैन । कानूनी राज्यको आधारस्तम्भ नै कानून हो । प्रजातन्त्रको ज्यान नै कानूनी राज्य हो । मुलुकमा शान्ति र सुुशासन कानूनबिना सम्भव छैन । मुलुक संघीयतामा प्रवेश गरेसंगै संविधानसमेत जारी भइसकेको छ । संविधानअनुसारका कानून निर्माण पनि तीव्र रुपमा भइरहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङका अनुसार नागरिकको न्यायका लागि कानून यो वर्ष निर्माणको वर्ष हो । संविधान कार्यान्वयनका चरणमा निर्माण गर्नुपर्ने स्थानीय तह र प्रादेशमा पनि मौलिक हकअन्तर्गतका कानून निर्माण भइरहेका छन् ।

उनले भने, ‘संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण गर्नुपर्ने छ, यो वर्षलाई नै कानून निर्माणको वर्ष घोषणा गरेर काम शुरु गरेका छौँ, नागरिकको प्रत्यक्ष सरोकार रहेका मौलिक हकसंग सम्बन्धित कानून पनि छिट्टै निर्माण हुन्छ ।’

सात प्रदेशसहितको संघीय संरचनामा मुलुक गएपछि स्थानीय तह, प्रदेश र संघका कानून पनि तीव्र रुपमा निर्माण गर्नुपर्ने अवस्था छ । सरकारले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा कानून मस्यौदा समिति बनाएको छ । सो समितिले आवश्यक कानूनको मस्यौदा गर्ने काम गरिरहेको छ ।

महान्यायाधिवक्ता खरेलले भने, ‘स्थानीय तह, प्रदेश र संघका साथै मौलिक हकअन्तर्गतका कानूनका मस्यौदा निर्माण भइरहेका छन् ।’ उनका अनुसार नागरिकसँग प्रत्यक्ष जोडिएको मौलिक हक, बालबालिका, प्रजनन स्वास्थ्य, खाद्यसम्प्रभुता, शिक्षालगायतका हकसम्बन्धित कानूनको मस्यौदा पनि शुरु भइसकेको छ ।

कानून दिवसलाई प्रजातन्त्र र मानवाधिकारको रक्षाका लागि जग बसेको दिनका रुपमा पनि लिइन्छ । अन्यायमा परेका नागरिकमा न्यायिक पहुँच पु¥याउने र न्यायालयप्रतिको निष्ठालाई अभिवृद्धि गर्ने विश्वासका रुपमा यस दिवसलाई हेर्ने गरिन्छ । उक्त दिवसका अवसरमा सबै तहका अदालतमा पनि बिदा दिने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

खोटाङको गाउँदेखि विश्वकै अग्रणी फिनटेक कम्पनीसम्म : छात्रवृत्तिले बदलेको दीपेश कार्कीको जीवन

बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group