ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली खाना ग्लोबनाइजेसन गर्न हानले लगायो यस्तो जुक्ति..


admin
बैशाख २४, २०७५ सोमबार  ३ : २६ बजे

काठमाडौँ, २४ वैशाख । नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ ।

होटल एसोसिएशन अफ नेपाल(हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती प्रचार सामग्रीको सार्वजनिक गर्दै नेपाल आउने विदेशी पर्यटकलाई यहाँको मौलिक खानाको स्वाद दिनसके त्यसैको माध्यमबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

विदेशस्थित कूटनीतिक नियोग र गैरअवासीय नेपाली संघहरुमार्फत पनि नेपाली खानालाई प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्री अधिकारीले बुद्ध परिपथ र रामायण परिपथको प्रवद्र्धनका लागि हवाइ सेवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणपछि यसमा अझ ठोस निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले दुई वर्षभित्र पर्यटकीय पूर्वाधारका क्षेत्रमा मुलुकले ठूलो फड्को मार्नसक्ने विश्वास व्यक्त गर्दै उहाँले निजी क्षेत्रको साझेदारीबिना पर्यटनको विकास असम्भव भएकाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको छ भन्नुभयो ।

देशभरिबाट संकलित झन्डै २०० प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरुको टोलीले विस्तृत अध्ययन गरी विश्वव्यापी रुपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवद्र्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको छ ।

छनोटमा परेका नेपाली रैथाने खानाहरुको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र पनि प्राप्त गरिएको छ ।

वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले खानाको माध्यमबाट नेपाललाई अन्तराष्टिय जगतमा पु-याउन सकिने भएकाले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले आयोजना गर्ने भोजमा नेपाली खाना समावेश गर्नुपर्ने, देशका पाँचतारे होटलमा अनिवार्य नेपाली रेस्टुरेन्ट र तीन तथा चारतारे होटलमा नेपाली खानाको मेनु राख्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले विश्व पर्यटन बजारमा पकवान पर्यटनको विकास द्रुत गतिमा भइरहेको परिप्रेक्ष्यमा नेपालमा विद्यमान खानाको सम्वृद्ध रीतिरिवाज एवं संस्कृतिबाट नेपाली पर्यटन बजारले समेत प्रशस्त फाइदा लिन सक्ने हुँदा नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने अभियान शुरु गरिएको स्पष्ट गर्नुभयो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र पनि नेपाली खानालाई विश्व जगतमा पु-याउन आवश्यक भएकोमा जोड दिनुभयो ।

सोही कार्यक्रममा आमन्त्रित विभिन्न राष्ट्रका राजदूत एवं विशिष्ट पाहुनाहरुलाई कुक बुक तथा भिडियोमा समावेश भएका नेपाली रैथाने खाना खुवाएर स्वागत सत्कार गरिएको थियो ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुले सञ्चालन गरिआएका तथा भविष्यमा सुरु गर्ने नेपाली खाना पस्कने रेस्टुरेन्टहरुले प्रत्यक्ष फाइदा लिन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com