ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे दुई वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुन्छ : पर्यटनमन्त्री


एबीसी न्यूज

 

रुपन्देही, १५ वैशाख।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले संसारका बुद्धिष्टको तीर्थस्थल लुम्बिनी भएको बताउनुभएको छ ।

उहाँले आज लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै बुद्धको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रले अध्ययन, अनुसन्धान गर्ने थलोका रुपमा लुिम्बनी रहेको छ भन्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “साढे दुई वर्षको अवधिमा लुम्बिनी गुरुयोजना पूरा हुनेछ । उहाँले तिलौराकोट, देवदह, रामग्राम र लुम्बिनीलाई सडक सञ्जालले जोड्ने ग्रेटर लुम्बिनीको अवधारणा अघि ल्याइएको छ भन्नुभयो ।

उहाँले अन्तर्राष्टिय बौद्ध सम्मेलनले धार्मिक पर्यटनलाई बढवा दिनाका साथै अन्तर्राष्टिय सम्बन्ध र व्यवहार बढाउनसमेत सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “ग्रेटर लुम्बिनीसँगै मनोरेललगायतका विषयमा पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाललाई शान्ति वार्ताको थलो र बौद्धसँग सम्बन्धित विषयको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गर्न पहल गरिने बताउनुभयो ।

उहाँले विगतमा भएका अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बुद्धको जन्म नेपालको लुम्बिनीमा नै भएको र त्यसलाई पाठ्यक्रममा समेट्ने विषयमा भारतले समेत समर्थन गरेको उल्लेख गर्दै नेपाल बौद्ध दर्शनको स्रोतका रुपमा समेत स्थापित हुन सक्छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्ती व्यवस्थापन समितिका संयोजक तथा लुम्बिनी विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई निरन्तरता दिन खोजिएको र त्यसले बुद्धसँग सम्बन्धित सबै विषयलाई स्थापित गर्न लागेको बताउनुभयो ।

उहाँले बुद्ध दर्शन जीवन पद्धति, नैतिक आचरण, काममा एकाग्रता भएकामा जोड दिँदै लुम्बिनीको पुरातात्विक र ऐतिहासिक विषयले बौद्ध दर्शनलाई स्थापित गर्न सघाउ पुग्न सक्छ भन्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्यले सम्मेलनमा भगवान गौतमबुद्धको जन्मस्थल पुरानो शाक्यको राजधानी हो र बुद्धको उद्भवस्थल पनि हो भन्ने प्रमाणित गर्न सम्मेललन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा तेइस देशका विभिन्न मुलुकबाट बौद्धसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । दुई दिनसम्म चल्ने सो सम्मेलनमा ७० जना विदेशी प्रोफेसर, प्रकाण्ड धर्मगुरु र बौद्ध विद्वान्को सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com