ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधान परिमार्जन गरी काँग्रेस सुदृढीकरण गर्नुपर्नेमा जोड


एबीसी न्यूज
बैशाख ११, २०७५ मंगलबार   ७ : ५४   बजे

काठमाडौँ, १० वैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा सम्बन्धमा नेतृत्व तहमै आरोपप्रत्यारोप गर्दा कार्यकर्तामा थप निराशा हुने बताउँदै पार्टी सुधारका लागि अघि बढ्न सुझाव दिनुभयो ।

केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ अपेक्षित सिट ल्याउन नसकेपनि लोकप्रिय मतका आधारमा काँग्रेस पहिलो पार्टी नै रहेको बताउँदै निर्वाचनमा ठूलो पराजय भयो भनेर आत्तिनुभन्दा पार्टीलाई आगामी दिनमा सशक्त बनाई अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्वाचनमा दुई ठूला कम्युनिष्ट दल एक भएर चुनाव लडेका कारण काँग्रेसले प्रत्यक्षतर्फ कम सिट ल्याएपनि समानुपातिकतर्फ अपेक्षित परिणाम नै प्राप्त गरेको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य विश्वकर्माले विधान परिमार्जन गरी पार्टीलाई सुदृढीकरण गर्नुपर्ने बताउँदै आगामी दिनमा काँग्रेस एक ढिक्का भई वर्तमान सरकारका गलत कदमविरुद्ध सशक्त प्रतिपक्षका रुपमा उभिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य रत्न शेरचनले वाम दलबीचको गठबन्धन, पार्टीमा भएका कमीकमजोरी नसच्याउनु, टिकट वितरण गर्दा पार्टीमा योगदान दिएका भन्दा आफ्ना मान्छेलाई प्राथमिकतामा राख्नु, मनोनयनको अघिल्लो दिनसम्म पनि टिकटको टुंगो नलाग्नुलगायत कारणले पार्टी पराजय भएको बताउनुभयो ।

आगामी दिनमा विधान परिमार्जन गरी संविधानअनुसार पार्टीको संरचना बनाउनुपर्ने सुझाव दिदैं उहाँले केन्द्रीय समिति बैठकमा आएका सुझावलाई आगामी दिनमा कार्यान्वयन गरी पार्टी सुधार गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य अजयकुमार चौरसियाले काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरे पनि मुलुकमा सबै ठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेकाले पार्टीको साख राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा उच्च रहेको धारणा व्यक्त गर्नुभयो ।

निर्वाचनका बेला लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन भित्रभित्रै कम्युनिष्ट पार्टी र मधेसवादी दलबीच समेत चुनावी गठबन्धन भएको उल्लेख गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता सिद्धान्त लिएर स्थापना भएकाले काँग्रेसले नै मुलुकमा लोकतन्त्र संस्थागत गर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य चौरसियाले काँग्रेसको नेतृत्वमा भएका राम्रा काम जनतासमक्ष पु¥याउन नसक्नु पार्टीको कमजोरी भएको उल्लेख गर्दै पार्टीभित्रको अन्र्तघात पनि पराजयको कारण भएको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य सुजाता परियारले पार्टीमा सामूहिक नेतृत्वको अभ्यास भएकाले पार्टीका क्रियाकलाप र निर्वाचनको परिणामका बारेमा जसअपजस सिंगो पार्टीले लिनुपर्ने बताउँदै चुनावको बेला टिकट वितरण गर्दा कुनै प्रतिक्रिया नजनाउने नेताहरुले निर्वाचन परिणामपछि पार्टी सभापतिमाथि मात्रै दोष थोपार्नुको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयो ।

पार्टीले प्रत्यक्षतर्फ पराजित व्यहोरेपनि समानुपातिक निर्वाचन तर्फ कम मत नआएको उल्लेख गर्दै काँग्रेसले आफू चुनावमा हारेर भए पनि संविधान कार्यान्वयनका लागि सबै प्रकारका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर इतिहास रचेको बताउनुभयो ।

नेतृत्वमा आरोपप्रत्यारोप हुँदा कार्यकर्तामा निराशा हुने बताउँदै केन्द्रीय सदस्य परियारले पार्टीको विधानलाई समय सापेक्ष परिमार्जन गरी नयाँ संरचनाअनुसार सुदृढीरणको आवश्यकता औँल्याउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, चन्द्र भण्डारी, कमला पन्त, अम्बिका बस्नेत, किरण यादव, ध्यानगोविन्द रञ्जित र आमन्त्रित सदस्य आनन्द (गोरख) विष्टले निर्वाचन समीक्षाका सम्बन्धमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक मंगलबार बिहान ८ः३० बजे पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group