ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयुर्वेदिक अस्पतालमा थप चार वटा प्राकृतिक उपचारसेवा शुरु


एबीसी न्यूज
बैशाख ६, २०७५ बिहीबार   १२ : ५५   बजे

 

 उदयपुर, ६ वैशाख । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बोक्सेमा अवस्थित नेपाल सरकारबाट सञ्चालित पुरानो आयुर्वेदिक अस्पताललाई आगामी दिनमा प्रभावकारी बनाएर लैजानका लागि थप चार वटा प्राकृतिक उपचार सेवा सञ्चालन गरिएको छ ।

वर्तमान अवस्थामा एलोपेथिक उपचारको प्रभाव बढ्दै गइरहेको र परम्परागत होमियोप्याथिक प्रविधिबाट सञ्चालित आयुर्वेदिक सेवाको प्रभावकारिता कम हुँदै गइरहेका बेला सगरमाथा आयुर्वेदिक अस्पताल उदयपुरले थप नयाँ चार प्रकृतिका उपचार विधि सञ्चालन गरेको अस्पताल प्रशासनले बताएको छ ।

अस्पतालका डा सञ्जीवकुमार यादवका अनुसार प्राकृतिक उपचार सेवा पञ्चकर्म, षटकर्म, बमन, बिरेचन, बस्ती, नात्स्य र रक्तपोक्षण सेवा शुरु गरिएको हो ।

डा यादव भन्नुहुन्छ, “अहिले एलोप्याथिक उपचारले होमियोप्याथिक र आयुर्वेदिक उपचार छायामा परेको भए तापनि यसलाई अझ प्रभावकारी बनाउन हामीहरुले थप प्राकृतिक उपचार विधि शुरु गरेका हौँ ।”

यो विधि प्राकृतिक उपचार पद्धति र योगामा आधारित विधि भएका कारण यसले आयुर्वेदिक उपचार सेवालाई अझ प्रभावकारी बनाएर जीवन्त बनाउन सहयोग हुने डा यादवको धारणा छ ।

सरकारले विगतदेखि शुरु गर्दै आएको आयुर्वेदिक उपचार विधि र आयुर्वेदिक अस्पताललाई प्रभावकारी बनाउन आफूहरुले यो उपचार विधि शुरु गरेको सगरमाथा आयुर्वेदिक अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी बताउनुहुन्छ ।

सगरमाथा आयुर्वेदिक अस्पतालले यो सेवा सञ्चालन गर्न शुरु गरेको र यसका लागि भौतिक व्यवस्थापन पक्षका लागि पनि पूर्ण तयारी गरिएको प्रमुख चौधरीले बताउनुभयो ।

सो आयुर्वेदिक औषधालय अस्पताल जिल्लाकै पुरानो आयुर्वेदिक अस्पताल हो ।

अन्य आधुनिक एलोप्याथिक अस्पताल र क्लिनिकका कारण यो अस्पताल तथा औषधालय छायामा पर्दै आइरहेका बेला अस्पताल प्रशासन तथा व्यवस्थापन समितिले उपचार पद्धतिमा नयाँ प्रविधिको शुरुवात गरेको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group