ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इक्यान निर्वाचनमा उम्मेदवारी दर्ता


एबीसी न्यूज
बैशाख ६, २०७५ बिहीबार   ६ : ५८   बजे

 

 

काठमाडौँ, ६ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी वैशाख ८ हुने नयाँ निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ ।

नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत समूहले उम्मेदवारी दर्ता गराउनु भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार कुल १८ पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । समूहभन्दा फरक स्वतन्त्र रुपमा कृष्ण केसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उहाँका अनुसार इक्यानको आगामी वैशाख ८ गते हुने १२ औँ साधारणसभाले १८ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

पाण्डेको समूहमा उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग ताम्लिङ लिम्बू र सपना भण्डारी, महासचिवमा शेषराज भट्टराई, सचिवमा श्यामबहादुर कँडेल र दीपकराज भुसाल, कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सहकोषाध्यक्षमा निरुपमा महर्जनले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बस्नेत समूहबाट उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमान जोशी, कोषाध्यक्षमा सूर्यबहादुर डाँगी तथा सहकोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

साधारणसभामा ३७७ जनाले मतदान गर्नेछन् । इक्यानमा पाँच जिल्ला शाखासहित करिब ५०० कल्सटेन्सी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

पहिलो हाफमा कोलम्बियाको अग्रता

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group