ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकतासँगै मुलुक समृद्धिको बाटोमा अघि बढ्छ: नेता खनाल


admin

झापा, ४ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एमाले–माओवादीबीच पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘पाँचौँ राष्ट्रिय पुरस्कार वितरण’ समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्ुनभयो, “पार्टी एकतापछि मुलुक सामाजिक समृद्धिको बाटोमा अघि बढ्छ । अब मुलुकको गन्तव्य भनेको समाजवाद हो ।”

नेता खनालले मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण हुने र सो पार्टीले मुलुकको भाग्य र भविष्य निर्माण गर्ने उल्लेख गुर्नभयो । उहाँले अन्य मुलुकको विकासको ढाँचाभन्दा नेपाली माटो सुहाउँदो विकासको ढाँचा ल्याउनुपर्नेमा जोड दिनुभयो । नेता खनालले वैशाख ९ गते पार्टी एकता हुन नसके पनि केही दिनभित्रै एकता हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानले विभिन्न चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु-याएबापत बैतडीका वरिष्ठ कृषि वैज्ञानिक मदनराज भट्टलाई रु एक लाख एक हजार १११ राशिको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ प्रदान गरिएको छ । भट्ट गहुँबाली अनुसन्धान कार्यक्रमको मुख्य प्रजननकर्ता तथा संयोजक हुनुहुन्छ ।

त्यस्तै त्यति नै राशिको गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कारबाट महिला सशक्तीकरण, उदार तथा पुनस्र्थापनामा उल्लेखनीय योगदान पु-याउँदै आउनुभएकी नवलपरासीकी बालकुमारी जिसीलाई प्रदान गरिएको छ ।

यसैगरी अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट जनगायक तथा साहित्यकार मेघराज मञ्जिललाई प्रदान गरिएको छ । पुरस्कारको राशि पनि रु एक लाख एक हजार १११ रहेको छ ।

त्यस्तै देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको भक्तपुरको संस्था सिविआर संस्थालाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५१ हजार १११ रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यतामा भएको कार्यक्रममा भाषाविद् चूडामणि रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य यज्ञराज प्रसाईं, सांसद् धर्मशीला चापागाईं, पवित्रा निरौला खरेल, हरिचरण बानियाँलगायतले समाज र राष्ट्रको हितमा योगदान पु-याउनेलाई यस प्रकारको सम्मानले हौसला प्रदान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com