ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालय: ‘अर्ली वार्निङ फर अल’ मार्गचित्र स्वीकृत, हिट वेभ जोखिमलाई प्राथमिकता


एबीसी न्यूज
जेष्ठ २०, २०८३ बुधबार   ११ : ४२   बजे

काठमाडौं २० जेष्ठ । गृह मन्त्रालयले सबै नागरिकसम्म पूर्वसूचना प्रणाली विस्तार गर्ने उद्देश्यसहित ‘अर्ली वार्निङ फर अल’ सम्बन्धी मार्गचित्र स्वीकृत भइसकेको जनाएको छ। उक्त मार्गचित्रमा तापलहर (लु) को जोखिमलाई विशेष प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

‘हिट एक्शन डे’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले जलवायुजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न मन्त्रालय तथा विकास साझेदारसँग समन्वय भइरहेको बताए।

उनका अनुसार तराईका केही शहरहरूमा तापलहरको जोखिम घटाउन जिल्ला सुरक्षा समिति, प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र र स्थानीय इकाइबीच समन्वय सुदृढ गर्ने काम भइरहेको छ।

सहसचिव पन्थीले विपद् व्यवस्थापनमा सरकारी प्रयास मात्र पर्याप्त नहुने भन्दै विगतका अनुभवबाट सिक्दै नीति तथा कार्यक्रम परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरे।

जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले पछिल्ला वर्षहरूमा विश्वभर तापक्रम रेकर्ड निरन्तर तोडिँदै गएको बताइन्। उनका अनुसार विभागले तापलहर पूर्वानुमानलाई प्रभावमा आधारित प्रणालीमा रूपान्तरण गर्दै विभिन्न साझेदारसँग सहकार्य विस्तार गरिरहेको छ।

उनले हाल मधेस प्रदेशका दुई जिल्लामा तापलहरसम्बन्धी प्रभावमा आधारित पूर्वानुमान परीक्षण परियोजना सञ्चालन भइरहेको जानकारी दिइन्।

नेपाल विपद् पूर्वतयारी सञ्जालका अध्यक्ष प्रा. डा. बसन्तराज अधिकारीले स्थानीय तहमा तथ्यांक संकलन र विश्लेषण बिना एकै प्रकारको नीति (blanket approach) ले तापलहर समस्या समाधान गर्न नसकिने बताए। उनले कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोगमार्फत जोखिम विश्लेषण गर्नुपर्नेमा जोड दिए।

नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्लले तराईका धेरै जिल्ला लूको उच्च जोखिममा रहेको उल्लेख गर्दै समुदायस्तरमा सञ्चालन भइरहेका ‘हिट एक्शन’ कार्यक्रम विस्तार गर्न सरकारको रणनीतिक सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा वक्ताहरूले तापलहरका कारण स्वास्थ्य जोखिम बढ्ने भएकाले पूर्वसूचना प्रणाली, स्थानीय तयारी र अन्तरनिकाय समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केपी ओलीको कडा घोषणा: छानबिन आयोग ‘प्रतिशोधपूर्ण’, बयान नदिने

राज्य संयन्त्रलाई संयमित रहन एमाले अध्यक्ष ओलीको चेतावनीः वर्तमान व्यवस्थालाई ‘अराजक तन्त्र’ को संज्ञा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

केपी ओलीको कडा घोषणा: छानबिन आयोग ‘प्रतिशोधपूर्ण’, बयान नदिने

राज्य संयन्त्रलाई संयमित रहन एमाले अध्यक्ष ओलीको चेतावनीः वर्तमान व्यवस्थालाई ‘अराजक तन्त्र’ को संज्ञा

केपी ओलीको गम्भीर आरोप: भदौ २३–२४ का घटना ‘पूर्वनियोजित षड्यन्त्र’ भएको दाबी

विष्णु पौडेलको स्वीकारोक्ति: कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा ठूलो धक्का बेहोरेको

लुम्बिनी सरकारमा राजनीतिक हलचल: एमालेका ४ मन्त्रीले सामूहिक राजीनामा

समस्याग्रस्त २३ सहकारीका सञ्चालक सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सूचना माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group